काठमाण्डौं २८ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्ने चेतावनी दिएको छ ।
आगामी दुई महिनाभित्र युरोपभर ओमिक्रोन महामारीको रुपमा फैलने चेतावनी दिंदै यस्तो बताएको हो । डब्ल्युएचओका बरिष्ठ चिकित्सक हान्स क्लुगेले ओमिक्रोन पश्चिम युरोपदेखि पूर्वी युुरोपसम्म पुरै फैलिसकेको भन्दै निकट भविष्यमा आधा युरोप प्रभावित हुने दाबी गर्नुभएको हो ।
सन् २०२२ लागेपछिको डेढ सातामा युरोपमा ७० लाख नयाँ संक्रमित थपिएको जनाइएको छ । डा. क्लुगेले पत्रकार सम्मेलन गरी सन् २०२१ मा बिश्वका कैयौं राष्ट्रहरुले डेल्टा भेरिएन्ट नियन्त्रणका लागि गरेको अथक प्रयासले नियन्त्रण सफल भए पनि ओमिक्रोन महामारी नियन्त्रणका लागि चुनौती थपिएको बताउनुभयो ।
साथै उहाँले युरोप र मध्य एशियाली राष्ट्र ओमिक्रोनको चपेटामा पर्ने ठोकुवा पनि गर्नुभयो । पूर्ण मात्रामा खोप लगाएका ब्यक्ति समेत ओमिक्रोनको शिकार हुने भन्दै डब्ल्युएचओले कत्ति पनि लापरवाही नगर्न सबैलाई अनुरोध पनि गरेको छ ।
Tuesday, May 20
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न