Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मोदीसहित ३७ देशका सरकार प्रमुख ‘प्रेस स्वतन्त्रताका शिकारी’
    अन्तर्राष्ट्रिय

    मोदीसहित ३७ देशका सरकार प्रमुख ‘प्रेस स्वतन्त्रताका शिकारी’

    Syangja SandeshBy Syangja SandeshJuly 7, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एजेन्सी, असार २३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका ३७ देशका सरकार प्रमुखलाई रिपोर्टर्स विथआउट बोर्डर्स (आरएसएफ)ले ‘प्रेस स्वतन्त्रताका शिकारी’ का रुपमा चित्रित गरेको छ । ‘प्रेडेटर्स अफ प्रेस फ्रिडम’ सम्बन्धि नाम दिइएको प्रतिवेदन सार्वजनिक गर्दै आरएसएफले ठूला सञ्चार उद्यममा लगानी रहेका अर्बपतिसँग नजिकको सम्बन्धमार्फत् मोदीले स्वतन्त्र पत्रकारितामाथि ‘आक्रमण’ गरिरहेको जनाएको हो । मोदीनिकट मानिने अर्बपति स्वामित्वका सञ्चारमाध्यमहरुले मोदीका अति विभाजनकारी तथा अपमानजक भाषणहरुलाई स्थान दिने गरेको र उनको ‘नेशनलिस्ट–पपुलिस्ट आइडिओलोजी’ को विस्तार गरिरहेको आरोप पनि आरएसएफले लगाएको छ । वर्ष २०२१ को विश्व प्रेस स्वतन्त्रता सूचांकमा भारत १८० देश मध्ये १४२ औँ स्थानमा छ । भारतको तुलनामा नेपालको अवस्था राम्रो देखिएको छ । नेपाल यो सूचीमा १०६ नम्बरमा छ । दक्षिण एशियामा भुटानकाे अवस्था राम्रा         छ । मुलुकभित्र प्रेसमाथि गरिएको व्यवहारका कारण ‘प्रेस स्वतन्त्रताका शिकारी’ मा पर्नेहरुमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान, म्यानमारका सैनिक प्रमुख मिन आङ लाइङ, उत्तर कोरिया किम जोङ–उन छन् ।

    पत्रकारको हत्यादेखि सञ्चारमाध्यममा गरिने सेन्सरसीप, हिंसा र जेल सजायँसम्ममा कुनै न कुनै रुपमा सत्ताको साथ हुने गरेको आरएसएफले जनाएको छ । ३७ जनाको यस सूचीमा पहिलो पटक १७ जना पर्दा १३ जना एसिया–प्यासिफिक क्षेत्रकै शासक छन् । सन् २००१ यता सिरियाका राष्ट्रपति बशर अल–असद, इरानका आयातुल्लाह अली खामेनी, रुसका भ्लादिमिर पुटिन, बेलारुसका एलेक्सान्डर लुकाशेन्कोसहित सात देशका नेता लगातार सूचीमा पर्दा यस पटक दुई महिला नेत्री बंगलादेशकी शेख हसिना र हङकङकी कारी लाम पनि परेका छन् । प्रेस स्वतन्त्रताका लागि सबैभन्दा राम्रो देशका रुपमा नर्वे, फिनल्याण्ड, स्वीडेन, डेनमार्क, कोस्टारिकालगायत छन् । सबैभन्दा खराब सूचीमा भने इरिट्रिया, उत्तरकोरिया, तुर्कमिनिस्तान, चीन, भियतनामलगायत देश छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.