स्याङ्जा ३ भदौ । वालिङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा दिदिबहिनी घाईते भएका छन् ।
प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार वालिङ नगरपालिका ९ सरकउदी स्थित भित्री सडकमा लु ४७ प ४०९८ नम्बरको मोटरसाइकलले आइतबार दिउँसो ठक्कर दिँदा दिदिबहिनी घाइते भएका हुन् ।
घाइते हुनेमा भिरकोट नगरपालिका ५ बस्ने सरस्वती कुवरको छोरीहरु नौ बर्षीय सिया कुवर र चार महिनाकी रिया कुवर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
सरस्वती कुवरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ भने उनको बहिनीलाई गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको छ ।
प्रहरीले मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ ।