स्याङ्जा ९ असार । स्याङ्जा मुस्लिम युवा क्वबले आफना बाबुको किरियामा बसेकी छोरी र पत्नीलाई आर्थिक सहयोग गरेको छ ।
पुतलीबजार नगरपालिका १४ निवासी ५९ बर्षिय धनबहादुर विक परिवारलाई १० हजार ५ सय रुपैंया नगद सहयोग गरेको हो । मृत्युको पाचौं दिनको दुख भेटघाटका क्रममा सो रकम सहयोग गरेका हुन ।
विगत केही बर्षदेखि क्यान्सरबाट पिडित विकको यही असार ४ गते मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर रहेको विक परिवारलाई मुस्लिम युवा क्लव मार्फत आर्थिक सहयोग गरेको क्लवका महासचिव एवं वडा सदस्य मुवारक मियाले जानकारी दिनुभयो ।
क्लवका उपाध्यक्ष समिम अलि मिया, महासचिव मुवारक मिया, सदस्य सकिन मिया, नेपाली कांग्रेसका पुतलीबजार नगरसहसचिव प्रकाश पौडेल सहित गएको टोलीले छोरी हरिमाया विकलाई सो रकम हस्तान्तरण गरेका हुन ।
विकका पत्नी र दुई छोरी हुनुहुन्छ । क्वलले विगतदेखि नै समाजिक सेवामा सहयोग गर्दै आएको छ ।
Thursday, February 6
Trending
- प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा मणी अर्याल
- गैसस महासंघ स्याङ्जाको बार्षिक साधारणसभा संगै अभिमूखीकरण कार्यक्रम
- पुतलीबजारमा मौरी पालन सम्बन्धी तालिम सम्पन्न
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन