स्याङ्जा, २७ मङसिर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।
माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्इ थप्ने गरी २२९ सदस्यि समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती चयन गरेको हो ।
पोखरा सभागृहमा शनिबारबाट शुरु भएको अधिबेशनमा अध्यक्षका आकाक्षी धेरै देखिए पछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्षमा प्रस्ताब गरी निर्वाचित गरिएको हो ।
प्रदेशका उपााध्यक्ष, सचिब सहितका आठ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचिन गरिने छ ।
२०३६ साल कार्तिक १० गते तनहुमा जन्मनु भएकी गुरुङले अध्यक्ष निर्वाचित भए पश्चात सिङगो गण्डकीमा राम्रो नयाँ टिम बनाएर काम गर्ने बताउनुभयो ।
सानैबाट बिद्यार्थी, महिला हुदै काम गरेको बताउदै गुरुङले सबै जिवन राजनैतिक आन्दोलनमा बितेको बताउनुभयो ।
अध्यक्षले मात्र केहि गर्न नसक्ने बताउदै गुरुङले सबैलाई मिलाएर नमुना पार्टी बनाउने बताउनुभयो ।
तनहुमा बिद्यार्थी इकाई हुदै कास्कीमा बिद्यार्थी अध्यक्ष, धौलागिरी महिला संयोजक, पर्वतमा पार्टी सचिब, मुस्ताङमा दुई कार्यकाल पार्टी अध्यक्ष बन्नु भएकी गुरुङ गण्डकी प्रदेश सभामा प्रमुख सचेतक रहनु भएको छ ।
तीन दिन चलेको अधिबेशनमा एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा सबै पालिका समितिहरु पश्चात प्रदेश अधिबेशन गरिएको हो ।
प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट पालिकाहरुबाट छ सय, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ गरी आठ सय ४६ जना प्रतिनिधि सहभागी रहेको थियो ।
Thursday, March 27
Trending
- वालिङका महिलालाई चप्पल बनाउने तालिम शुरु
- घरेलु तथा साना उद्योग महासंघ स्याङजाको अध्यक्षमा पोखरेल
- अपांगताका सवालमा अन्तरक्रिया सहित सन्देशमूलक सामाग्री सार्वजनिकरण
- पुतलीबजारमा मादल बजाउन सिकाउने तालिम सम्पन्न
- क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित
- वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता कार्यक्रम
- कालीगण्डकीमा हाम फालेका कुमाल अझै भेटिएनन्
- भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम