स्याङ्जा १७ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित रानीथुम्का टोल विकास संस्थाले महिलालाई मादल बजाउने तालिम दिएको छ । टोल विकास संस्थाको आयोजना र आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम हिजोदखि सुरु भएको हो ।
तालिमको उदघाटन गर्दे वडा नं. १३ का महिला संजालका संयोजक एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति लक्ष्मी थापाले उदघाटन गर्दै महिलाका लागि यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो । बिभिन्न सांस्कृतिक कार्यक्रममा मादल बजाउनका लागि अरु ब्यक्ति खोज्नु पर्ने वाध्यता रहेकोमा तालिमपछि सो समस्या हटेर जाने उहाको भनाई छ । टोल विकास संस्थाले नमूना कार्य गरेको जनाउनुभयो ।

कार्यक्रममा टोल विकास संस्थाका सदस्यहरु सुजता खनाल, टिका अधिकारी, पूर्व अध्यक्ष रुक्मीणी तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
रानीथुम्का टोल विकास संस्थाका अध्यक्ष मधु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव देवका भुषालले संचालन गर्नुभएको थियो । दैनिक ५ घण्टा दिईने सो तालिममा सोही टोलका १५ जना महिलाको सहभागिता रहेको छ । तालिममा झपटबहादुर आलेले प्रशिक्षण दिनुहुने भएको छ ।