काठमाण्डौ १ पुस । रक्षामन्त्री डा.मिनेन्द्र रिजालले राजिनामा दिनुभएको छ । काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको पदमा पराजित भएपछी मन्त्री रिजालले राजिनामा दिनुभएको हो ।
उहाँले बिहीवार सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा बुझाउनुभएको हो । उहाँले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताउनुभएको छ ।
सभापतीका उम्मेदवार शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहनुभएका रिजाल ८ सय ९ मत प्राप्त गर्दै पराजित हुनुभएको हो । यसैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।