काठमाण्डौं २४ कात्तिक । नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विवाह गर्नुभएको छ ।
शैक्षिक अभियन्ता मलालाले पाकिस्तान क्रिकेट बोर्डका व्यवस्थापकसँग विवाह गर्नुभएको हो । बीबीसीका अनुसार उहाले पाकिस्तान क्रिकेट बोर्डका अपरेशन म्यानेजर लाहोरका एसर मलिकसँग विवाह गर्नुभएको छ ।
मलाला तालिबानको बालिकालाई शिक्षाबाट बञ्चित गराउने कार्यविरुद्ध अभियान सञ्चालन गरेर विश्वव्यापी रूपमा परिचित हुनुहुन्छ । उहा १५ वर्षको उमेरमा तालिबानको गोली लागेर उपचारका लागि बेलायत पुग्नुभएको थियो ।
उहालाई बालिकाका लागि शैक्षिक अभियान चलाएको भन्दै सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। त्यसबेला उहा १७ वर्षकी हुनुहुन्थ्यो ।