स्याङ्जा ३० भदौ । भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम सहितको पाठ्यपुस्तक तयार पारेको छ। स्थानीय विषयबस्तुलाई समेटेर आधारभूत तहका सबै कक्षामा पूर्ण पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने भीरकोट नगरपालिका नेपालकै पहिलो नगरपालिका बनेको छ।
राष्ट्रिय बाल दिवसको अवसर पारेर मंगलबार स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको हो।
पाठ्यक्रम सार्वजनिक गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति बिज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालबालिकाको सर्बोत्तम हितका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताउनुभयो । बालबालिकाको संरक्षण र अधिकार सुनिश्चितताका लागि प्रदेशसभामा बिधेयक पेश भएको जानकारी गराउनुभयो ।
समग्र भीरकोटको पहिचान गराउन तयार पारेर दस्तावेजका रुपमा पाठयक्रम बनाइएको नगरप्रमुख छायाराम खनालले बताउनुभयो। अव पाठ्यक्रम कार्यान्वयनमा ल्याईने उनले जानकारी गराए। पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको सम्पूर्ण जिम्मेवारी साभ नेपालले गरेको हो।
नगर प्रमुख छायाराम खनालले बाबुआमा नभएका बालबालिकालाई मासिक एक हजार रुपैंया छात्रवृत्ति स्वरुप प्रदान गर्नेगरी सुरुवात गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सीमा केसी कर्माचार्य, साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास, समाजसेवी गोविन्दप्रसाद कर्माचार्य, प्रमुख प्रसासकीय अधिकृत खुमलाल भुषाल, शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वडाअध्यक्ष यामप्रसाद अधिकारी लगायतले नगरपालिकाले नमूना कार्यको थालनी गरेको जनाउदै स्थानीय पाठ्यपुस्तक मार्फत समग्र भीरकोटका इतिहास र अहिलेका अवस्थाका बारेमा जानकारी पाउन सकिनेमा जोड दिनुभयो ।
हाम्रो भीरकोट नामक पाठ्यव्रmम सहित पाठ्यपुस्तक प्रकासन गरिएको हो। पाठयक्रममा कृषि, पर्यटन, धार्मिक सम्पदा, संस्कृति, जातजाति, उद्यमशीलता, सरसफाइ लगायतका कुराहरुको अनुसन्धान गरी कक्षा १–८ सम्ममा १५० वटा पाठहरु तयार पारिएका छन्। अभ्यासहरुका माध्यमबाट विद्यार्थीहरुमा खोज, अनुसन्धानको बानीको विकास हुने लक्ष्य लिइएकोे छ।
Monday, November 17
Trending
- फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
- उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
- एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
- राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
- कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
- गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
- सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
- हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
