Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता
    भीरकोट नगरपालिका

    भीरकोटमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता

    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रकाश डोटेल

    स्याङ्जा, २७ भदौ । स्याङ्जाको बयरघारीमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको लद्युवित्त शाखा अन्र्तगत गठित महिलाहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
    वित्तीय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले लद्युवित्त वित्तीय संस्थाको प्रक्रिया पुरा गरेर ऋण लिएका महिलाहरुले तोकिएकै क्षेत्रमा लगानी गरे स्वरोगार बन्न सक्ने बताए । उनले एउटै व्यक्तिहरुले दुई चार जनाको नाममा कर्जा लिने परम्पराले लद्युवित्त क्षेत्रमा समस्या सृजना भएको बताउनुभयो ।

    कर्जा वा ऋण लिदा स्वरोजगार मुलक क्षेत्रका नाम लिएपनि लगानी अन्यत्रै हुँदा समस्या बढेको बताउँदै नगर प्रमुख कर्माचार्यले तोकिएकै क्षेत्रमा लगानी गरे सुरक्षित हुने बताउनुभयो । लद्युवित्त वित्तीय संस्थाले नेपालमा महिललाई स्वरोजगार बनाउन सफल भएको उहाले दाबी गर्नुभयो ।

    वित्तीय साक्षरता कार्यक्रममा भीरकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामकाजि अधिकारी, बैंकका उपक्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले र अनुगमन अधिकृत बालकृष्ण रेग्मीले महिलाको आर्थिक विकासमा लद्युवित्त संस्थाले खेलेको भूमिकाका बारेमा बोल्नु भएको थियो ।

    महिलाहरुको आर्थिक विकासमा योगदान पु¥याउन स्थापना भएका संस्थाप्रति पछिल्लो समय नकारात्मक टिकाटिप्पणी हुने गरेको तर्फ चिन्ता व्यक्त गर्दै उनीहरुले वित्तीय संस्थाबाट लिएका कर्जालाई सदुपयोग गर्न आग्रह गरे । कर्जाको सहि सदुपयोग हुन नसक्दा समस्या बढेको उहाहरुको भनाई थियो ।

    बैंक अन्र्तगत गठित महिला समूहका सदस्य सुनिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन साधना पौडेलले गर्नुभएको थियो । वित्तीय साक्षरता कार्यक्रममा स्वागत बैंकका शाखा प्रमुख केशबराज अर्यालले गर्नुभएको थियो भने शाखाको प्रतिवेदन सुर्यप्रसाद पंगेनीले प्रस्तुत गर्नुभयो ।

    मुक्तिनाथ विकास बैंकको लद्युवित्त विभाग अन्र्तगत बयरघारी शाखामा झण्डै १८ करोड ५० लाख महिला समूहमा लगानी भएको बैंकले जनाएको छ । बैंकको बयरघारी शाखाले हाल भीरकोट, वालिङ र पुतलीबजार तथा पर्वत जिल्लाको पयुँ गाउँपालिकामा सेवा प्रदान गर्दै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.