स्याङ्जा, २ असार । भीरकोट नगरपालिका ४ मा बुधवार बिहान जिप दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। एकजनाको सकुशल उद्धार भएको छ भने ६ जना घाईते भएका छन्।
भीरकोटको दर्बुङठाँटी स्थित भित्री कच्ची सडकमा जीप अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बानेथोकबाट बयरघारी बजारकालागि गुडेको ग १ ज ४९४० नम्वरको महिन्द्रा जीप दुर्घटना भएको हो।
दुर्घटनामा घाईते भएका ३६ बर्षे गणेशजंग अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, चालक ३० बर्षे मनु भन्ने विकास थापा, ४० का रेशम परियार, ४६ का प्रतिमा परियार, ४८ का रुकबहादुर परियार, २८ का सोनी श्रेष्ठ र २४ का दिनेश परियार घाइते भएका हुन।
ती मध्ये रेशम परियार र सोनी श्रेष्ठको भीरकोट नगर अस्पतालमा उपचार भै रहेको छ। अन्य ४ घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
लगातार बर्षाका कारण कच्ची सडक हिलो र चिप्लो भएका छन्। जीप सडकभन्दा अन्दाजी ५ मिटर तल झरेको र यसका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता समेत रहनु र्भएका प्रहरी नाउब उपरिक्षक राजेन्दै अधिकारीले जानकारी गराउनुभयो ।
Saturday, December 20
Trending
- प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
- संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
- आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
- स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
- रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
