स्याङ्जा १५ भदौ । पुतलीबजार नगरपालिका ११ करेनडाँडामा गएराती बिरामी बोकेको एम्बुलेन्समा आगलागी भएको छ। आगलागीबाट एम्बुलेन्स पूर्ण क्षति भएको छ।
वालिङबाट पोखरातर्फ विरामी लिई हिडेको एम्बुलेन्स रातको १० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्टभई आगलागी भएको भन्ने खबर आएपछि प्रहरी टोली त्यहा पुगेको थियो।
दमकल सहितको प्रहरी टोलीले आगो निभाएको छ। एम्बुलेन्स पूर्ण क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।