स्याङजा, २८ जेठ । सरकारका प्रतिनिधीले नै नेपालका संबिधानका मर्म बिपरीत राज्य बिखण्डनको आशय झल्किनेगरी दिएका अभिब्यक्तिप्रति स्याङ्जाका राजनीतिक दलका प्रमुखहरुले संयुक्त बिज्ञप्ति प्रकाशितगरी ध्यानाकर्षण गराएका छन्।
यहाँका ५ राजनीतिक दलका प्रमुखको शुक्रवार सदरमुकाममा बसेको संयुक्त बैठकले सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा चुरे दोहनगरी आफना कार्यकर्ता पोस्ने देशघाती प्रपञ्चलाई राज्य बिरुद्धको जघन्य अपराध ठहर गरेको छ ।
नेपाली काग्रे्रेस जिल्ला सभापति बुद्धिबहादुर राना ‘कुमार’, नेकपा (माओवादी केन्द्र) का संयोजक शैलेन्द्र घिमिरे, नेकपा एमाले माधव समूहका अध्यक्ष रामचन्द्र भट्टराई, जसपा नेपालका अध्यक्ष ख्यामनारायण ढकाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा कोभिड महामारीको संकटमा मानवीय भ्रष्टाचार, उपचारमा भएको गैरजिम्मेवेरी र ब्यवस्थापनका नाममा भएका अनियमितताका बिरुद्ध खवरदारी गर्दे यथाशिघ्र कमीकमजोरी सच्चाउन आग्रह गरिएको छ ।
बिज्ञप्तिमा सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै जनसरोकारका विषयमा खेलवाड नगर्न उल्लेख छ । केबल सत्तामा टिकिरहन बद्नियतपूर्वक चालिकएका कदमका प्रतिवाद गर्दे देशको अखण्डता, सार्वभोमिकता र सर्वपक्षिय हितका मुद्धामा गठबन्धनलाई मजबुद बनाउदै स्थानीय तहसम्म विस्तारगरी सबै खाले संघर्ष गर्न तयार रहेको जनाएका छन।
केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आफना गुटका कार्यकर्ता पोस्ने बजेटप्रति आपत्ती जनाउदै आग्रह पूर्वाग्रह नराखी न्याय सम्पादन, विकास, सुशासन, शान्ति सुरक्षाका बिषयमा साझा अभियान संचालन गर्न आग्रह गरिएको छ ।
Tuesday, January 21
Trending
- लोकतान्त्रिक यातायात ब्यवासायी संघ स्याङ्जामा दिपेन्द्र क्षेत्री निर्वाचित
- खुल्ला रक्तदानमा २५ युनिट रगत संकलन
- स्याङ्जाका निर्माण व्यवसायिद्धारा १४ बुँदे माग गर्दे प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र
- भूमिसमस्या समाधान आयोग स्याङ्जाको अध्यक्षमा तारा
- कालीगण्डकी माबिले मनायो ३७ औ बार्षिकोत्सब
- नेवाः देय दवुको अध्यक्षमा हिक्मत श्रेष्ठ
- आँधीखोलामा टिप्पर दुर्घटना, एकको मृत्यु, चार घाईते
- गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँण