स्याङ्जा २७ पुस । सामुदायिक बिद्यालयका बास्तविक शैक्षिक झलक देखाउने उदेश्यले स्याङ्जाका सामुदायिक बिद्यालयका कार्यसम्पादन परीक्षण गरिने भएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको समन्वयमा यहाँ वाह्य तथा स्वःमूल्याकंन बिधिद्धारा कार्यसम्पादन गर्ने बिधिका बारेमा प्रशिक्षण दिइएको छ ।
स्याङ्जाका ११ वटै पालिका अन्र्तगतका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधि सहित वाह्य कार्यसम्पादनको जिम्मा पाएका बिज्ञ समूहलाई ३ दिने प्रशिक्षण दिइएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो ।
उहाका अनुसार, ‘गतबर्षदेखि एसइईमा सहभागी भएका साम्प्रदायिक बिद्यालय बाहेकका जिल्लाभरका १ सय ३० सामुदायिक बिद्यालयमा शिक्षा क्षेत्रमा अनुभवी तथा उपसचिव, सहसचिव तथा प्राध्यापकबाट निवृत्त भएकालाई बिज्ञ मानिएको छ। स्याङ्जाका लागि १७ जना बिज्ञद्धारा कार्यसम्पादन गरिने छ । जसमा शिक्षा शाखा सहित प्रधानाध्यापक र सरोकारवालाको समेत जिम्मेवारी रहनेछ ।’
राज्यको ठूलो लगानी रहेको शैक्षिक क्षेत्रको गुणस्तरीता खस्कदै गएकाले यस्ता बिधि अपनाईएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शाखा अधिकृत निशा ओलीले जानकारी दिनुभयो । कार्यसम्पादनका लागि ८९ सूचक र २ सय ६९ पूर्णाङ्कलाई सतप्रतिशत अंकमा कन्भर्ट गरेर मूल्यांकन गरिने उहाले बताउनुभयो । बिद्यालयका कार्यसम्पादन परीक्षण पश्चात शिक्षाको गुणस्तर मापन गर्न र आगामी दिनमा बिद्यालयको शैक्षिक अवस्था पहिचानमा सहज हुने बताइएको छ।
वाह्य तथा स्वःमूल्यांकन परीक्षणलाई मुख्यत ः लगानी, प्रक्रिया, उपलब्धी र बिद्यालयले सेवा प्रदान गरेका बिद्यार्थी संख्यालाई मुख्य क्षेत्र मानिएको केन्द्रका अर्का शाखा अधिकृत सुनिता बरालले जानकारी दिनुभयो । परिक्षणपछि शिक्षा क्षेत्रका कमीकमजोरी सुधार गर्नका लागि मार्गदर्शन हुने उहाको भनाई छ।
स्याङ्जाका लागि तोकिई आएका बिज्ञ समूहले फागुन मसान्तसम्म प्रतिवेदन बुझाउनुपर्ने समयसिमा तोकिएको छ ।
प्रशिक्षणमा सहभागि भएका ११ वटै स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधीले आफना पालिका अन्र्तगतका सामुदायिक बिद्यालयका प्रधानाध्यापकलाई यसैगरी स्वः मूल्यांकन परिक्षण गर्ने बिधिका बारेमा प्रशिक्षण एवं सहजीकरण गर्ने छन्।