स्याङ्जा ३० असार । स्याङ्जा प्रशासन, प्रहरी, रेडक्रस सहित बिरुवा गाउँपालिकाका जनप्रतिनिधिले बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ ।
जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा गएको टोलीले विरुवा गाउँपालिका ६ चिन्नेवास स्थित स्याङदीमा आएको बाढी तथा पहिराको स्थलगत अनुगमन सहित मृतकका परिवारलाई राहत प्रदान गरेको हो ।
असार २२ गते दिउँसो स्याङ्दीमा खोला बढेर माथि उर्लियो भने घरमाथि रहेको जंगलबाट पहिरो झ¥यो। दुई घर मध्ये एक घरमा पती ÷पत्नी माधव मरासीनी र हरिदेवी मरासीनी बस्थे। अर्को, घरमा १४ बर्षिय नाति रोशन र हजुरआमा गुन्जेश्वरी मरासीनी बस्दै आएका थिए ।
खोला किनारमा रहेका २ वटा घरमा त्यतीबेला रहेका चार जना परिवारलाई स्थानीयको सहयोगमा झण्डै ४÷५ सय मीटर पर सुरक्षित स्थान भनेर एक घरमा लगेर राखियो । तर, त्यहाँ पनि सुरक्षित रहन सकेनन्। उनीहरु बसेको घरमा पनि पहिरो झ¥यो। अन्तत ः उनीहरुको मृत्युभयो। घरभित्र रहेका तीन जनाको मृत्यु भयो। नाति बाहिर खेल्न गएकाले पहिराबाट जोगिए ।
पहिरोमापरि हरिदेवी, माधव र गुन्ज्येश्वरी मरासिनीको पहिराले पुरिएको मृत्यु भएको थियो भने अन्य ५ जना घाईते भएका छन । उहाहरु मध्ये केहीको पोखरामा उपचार भैरहेको छ । केही उपचारपछि घर फर्केका छन ्। पहिरोमापरि २ घर पुरिएको छ भने ५ घरपरिवार विस्थापित भएका छन ।
प्रजिअ नेपालले गण्डकी प्रदेश सरकारद्धारा उपलब्ध गराएको राहत वापतको रकम जनही मृतक ५०÷५० हजार नगद मृतकका परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।
हजुरआमा गुञ्जेश्वरी गुमाएका बालक रोशनलाई तत्कालको आवासका लागि ३० सहित ८० हजार प्रदान गर्नुभयो । यसैगरी, माधव र हरि (दाजुभाउजु) गुमाएका परिवारलाई जनही ५० हजारगरी एक लाख नगद मृतकका भाईलाई हस्तान्तरण गर्नुभएको छ ।
राहत रकम हस्तान्तरण गर्दै प्रजिअ नेपालले, ‘संघीय सरकारद्धारा उपलब्ध हुने २ लाख रुपैंया सम्बन्धित ब्यक्तिका बैक खातामा राखिदिने जानकारी दिनुभयो ।’ जिल्लाभर बिपत्ती आइपरेको जनाउदै सुरक्षित रहन सुझाव दिनुभयो ।
यसबर्ष स्याङ्जामा बाढीपहिराको जोखिम बढी देखिएको मौसमबिदले जनाए बमोजिम यहाँका एघार वटै पालिकाले सतर्कता अपनाउनु पर्ने उहाले भन्नुभयो । विपत्तीका बेला धनसम्पती जोगाउन खोज्दा ज्यानै जान सक्ने हुदाँ सबैभन्दा पहिला ज्यान जोगाउनतर्फ ध्यान दिन सुझाव दिनुभयो ।
जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा शाखा सभापति दिनेश अर्यालले पनि बाढी पहिरो प्रभावित परिवारलाई त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा प्रदान गर्नुभएको छ ।
गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले बाढी पहिराका कारण बिरुवामा धेरै धनजनको क्षति पुगेको बताउदै प्रभावित परिवारलाई आवश्यक सहयोग गरिरहेको जनाउनुभयो । बाटाघाटा, घर, कृषि भूमि, धान खेती नष्ट हुदाँ करोडौं मूल्य बराबरको क्षति पुगेको बताउनुभयो । गाउँपालिकाकाले वडा वडामा पुगेर स्थलगत निरिक्षणका लागि टोली खटाएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर राना, बिरुवा गाउँपालिका ६ का कृष्णप्रसाद शर्मा लगायत स्थानीय समाजसेवीले स्थलगत अवलोकन एवं घटनाका बारेमा जानकारी गराएका थिए ।