स्याङजा २७ असार । स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित ठाडोलाईन — पुतलीखेत जोड्ने बाटो भत्किएपछि कागारार परिसरमा पहिरो गएको छ।
केही दिनेदेखिको लगातारको बर्षाका कारण गतबर्ष निर्माण गरेको सो पक्की मोटरबाटो आइतवार मध्यान्हमा भत्किएको हो।
जिल्ला अदालत परिसर भन्दा मुनि र कारागार शाखा भन्दा माथितिरको सो बाटो भत्किएपछि त्यहाँवाट झरेका ढुंगा माटो कारागार तर्फ झरेको छ।
पक्की बाटो चर्किएपछि आवत जावतमा रोक लगाइएको थियो। सवारी साधन चलाउन र मानिसलाई आवतजावत गर्न दिइएको थिएन्।
कारागार शाखा माथिको भाग चर्किएर जमिन नै ढल्केको देखेपछि कारागारभित्र बसेका ३० जना कैदीबन्दीलाई पोखरा र तनहुँका कारागार शाखामा स्थानान्तरण गरिएको जेलर चुडामणी भण्डारीले जानकारी दिनुभयो ।
कारागार शाखा प्रमुख भण्डारीका अनुसार यस्तै बर्षा भैरहने हो भने कारागारलाई पनि थप असर पार्न सक्ने भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।
पुतलीखेत र स्याङजा जोड्ने यो छोटो मार्ग हो।
Friday, December 19
Trending
- प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
- संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
- आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
- स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
- रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
