Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 21
    Trending
    • बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
    • बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता
    • नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
    • स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    • मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
    • वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बढाइएको बिद्युत महसुल तत्कालको लागि कार्यान्वन नगर्न आयोगको सुझाव
    समाचार

    बढाइएको बिद्युत महसुल तत्कालको लागि कार्यान्वन नगर्न आयोगको सुझाव

    विद्युत नियमन आयोगले बिपीसीलाई विद्युत महसुल बृद्धि गर्न दिएको अनुमति तत्काललाई कार्यन्वयन गर्न रोक लगाएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 10, 2024Updated:August 10, 2024No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ साउन । विद्युत नियमन आयोगले बिपीसीलाई विद्युत महसुल बृद्धि गर्न दिएको अनुमति तत्काललाई कार्यन्वयन गर्न रोक लगाएको छ ।

    विद्युत नियमन आयोग ऐन २०७४ का दफा २२ बमोेजिम उपभोक्ताले दिएको पुनरावलोकन निवेदनका आधारमा हाललाई बृद्धि गर्न दिएको अनुमति कार्यन्वयन नगर्न रोक लगाएको हो ।

    आयोगले बुटवल पावर कम्पनीबाट संंचालित आँधीखोेला विद्युत वितरण केन्द्र गल्याङ् स्याङ्जालाई ४५ प्रतिशत देखी ७५ प्रतिशत सम्म विद्युत महसुल बृद्धि गर्ने अनुमति दिएका थियो । आयोगले महसुल बृद्धि गर्ने सिफारिस गरेपछि उपभोेक्ताहरुले महसुल बृद्धि गर्न नहुने भन्दै आन्दोेलन गर्दै आएका थिए ।

    आयोगले साउन २२ गते एक पत्रजारी गर्दै २०८१ जेठ १ गते गोेरखापत्रमा प्रकाशित गरेको विद्युत महशुल कार्यन्वयन नगर्नु र प्रचलित विद्युत महशुल नै कायम गर्नु भन्दै कम्पनीलाई आदेश दिएको छ ।

    आयोगको २४३ औंं बैठकले उपभोक्ताले दिएको पुनरावलोकन निवेदन अनुसार पुरानै महसुल कायम गरी कार्य अगाडी बढाउन बिपीसीलाई निर्देशन दिएको छ । पुनरावलोेकन पश्चात कायम हुने दर बारे सोको निर्णय भएपछि जानकारी गराउने समेत जारी पत्रमा उल्लेख गरेकोे छ ।

    आयोगले २०८१ बैशाख २१ गते आँधीखोला विद्युत वितरण केन्द्रको महसुल बृद्धिकोे नयाँ शुल्क तोकेको थियो । बृद्धि गरेको महसुलका बारेमा गोरखापत्र दैनिकमा जेठ १ गते सार्वजनिक गरेको थियो । आँधीखोला वितरण केन्द्र बिपीसीका उपभोक्ताहरुले जेठ ४ गतेदेखी चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।

    बीपीसीकोे गुणस्तरीय सेवा, नेपाल सरकार सगँ भएको सम्झौता, मुआब्जा लगायतका अन्य मागहरु राख्दैै आन्दोलन गर्दै आएका थिए । स्याङ्जाका भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका र पाल्पाका रामपुर र रम्भा पालिका जनप्रतिनिधि, राजनीतिकदल, उद्योग व्यवसायी, उपभोक्ता लगायतको सहभागितामा महशुल फिर्ताकोे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

    बीपीसीको गुणस्तरीय सेवा, नेपाल सरकार सँग भएको सम्झौता, मुआब्जा लगायतका अन्य मागहरु राख्दै आन्दोलन गर्दै आएका थिए । स्याङ्जाका भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका र पाल्पाका रामपुर र रम्भा पालिका जनप्रतिनिधि, राजनीतिकदल, उद्योगी व्यवसायी, उपभोक्ता लगायतको सहभागितामा महसुल फिर्ताकोे माग गर्दै आन्दोलन गरेका थिए ।

    महसुल बृद्धिको बिरुद्ध आन्दोेलनमा सहभागीहरुले बिपीसीलाई मिटर रिडिङमा रोक लगाउदै गल्याङ् स्थित उत्पादन केन्द्रको लेखा शाखामा तालाबन्दी गरेका थिए । आयोगले महसुल तत्कालका लागि फिर्ता लिएपछि गल्याङमा लगाइएकोे ताला खुलेको छ । अब पुरानै महसुलमा मिटर रिडिङ शुरु गर्ने तयारीमा कम्पनी रहेको बताइएको छ ।

    तर आयोगले ढिलो गरी निर्णय पठाएकाले कम्पनीबाट कुनै जानकारी नआएका आँधीखोला विद्युत वितरण केन्द्र गल्याङका प्रमुख डोलप्रसाद खरेलले जानकारी दिनुभयो । शुक्रवार मात्रै कम्पनीले के आदेश दिने छ त्यसपछि मात्रै वितरण केन्द्रले काम गर्ने खरेलले बताउनुभयो । जेठ महिनादेखी बीपीसीको मिटर रिडिङ् बन्द छ ।

    आयोगको निर्णय विरूद्ध आन्दोलित उपभोक्ताहरु र स्थानीय तहले नेत्रप्रसाद पाण्डेको संयोजकत्वमा संघर्ष समिति गठन गरेर महसुल घटाउन विभिन्न लवाव मूलक काम गर्दै आएका थिए ।

    आयोगले पुरानै महसुल दर कायम गर्ने निर्णय गरे पछि संघर्ष समितिका संयोजक नेत्र प्रसाद पाण्डेले निर्णयको स्वागत गर्नु भएको छ । पाण्डेले यो उपभोक्ता हितमा आन्दोलनलाई सहयोग गर्नुहुने नेपाल सरकारका प्रधानमन्त्री, उर्जा मन्त्री, संघीय तथा प्रदेश साँसदहरू, पूर्व मन्त्री, प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल, पत्रकार तथा आम उपभोक्ताहरूलाई धन्यवाद दिनुभएको छ ।


    पाण्डेले वुटवल पावर कम्पनीको सेवा प्रवाहमा चुस्त दुरूस्त र गुणस्तरमा सुधार गर्न विद्युत नियमन आयोग र वुटवल पावर कम्पनी संग पुन छलफल सुरू गर्ने बताउनु भएको छ । संघर्ष समितिको पछिल्लो वैठक वुधवार रामपुर नगरपालिकामा वसेको थियो । वैठकले आयोग संग वार्ताका लागि जनप्रतिनिधि सहित राजनैतिक दलका प्रतिनिधि र पत्रकार सहितको टोलि गठन गरेको थियो ।

    बुटवल पावर कम्पनीले एकतर्फी महशुल बृद्धिगर्ने निर्णयले उपभोक्क्ता मारमा परेको भन्दै उपभोक्तले लगाएको ताला खोलिएको छ । बुटवल पावर कम्पनी अन्तर्गत स्याङजाको गल्याङ नगरपालिका ३ मा रहेको आँधिखोला जलबिद्युत केन्द्रले ४५ देखि ७५ प्रतिशत सम्म विद्युत महशुल बृद्धि गरेपछी आन्दोलित भएका गल्याङका उपभोक्ताले जेष्ठ २२ गते बुटवल पावर कम्पनी अन्तर्गत आँधिखोला बितरण केन्द्रको लेखा शाखामा तालाबन्दी गरेका थिए ।

    विद्युत महशुल फिर्ता नभएसम्म आन्दोलन र कार्यालयमा लगाईएको ताला नखाल्ने संघर्ष समितिले निर्णय गरको थियो । साउन २२ गते विद्युत नियमन आयोगले पुरानै मुल्य कायम गर्न कम्पनीलाइ पत्राचार गरेसंगै ताला खोलिएकोे गल्याङका संघर्ष समितिका संयोजक श्याम प्रसाद बस्यालले जानकारी दिनुभयो । ग्रामिण परियोजना अन्तर्गत २०३९ सालमा स्थापना भएको केन्द्रले ४० हजार ग्राहकलाई बिद्युत बितरण गर्दै आएको छ ।

    बुटवल पाबर कम्पनीले महशुल बृद्धिको माग अनुसार बिद्युत नियमन आयोगले जेष्ठ १ गते देखि मुल्यबृद्धि गर्ने निर्णय गरेपछी उपभोक्ताले यसको बिरोध स्वरुप प्रधानमन्त्री देखि मन्त्रीसम्म हारगुहार गर्दै आएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.