जापानकी चर्चित टेनिस स्टार नाओमी ओसाकाले जारी रहेको फ्रेन्च ओपन टेनिस प्रतियोगिताका बाँकी खेल नखेल्ने घोषणा गरेपछि टेनिस जगतमा हलचल मच्चिएको छ । फ्रेन्च ओपन टेनिसका आयोजकबाट हालै १५ हजार डलर जरिवाना सुनाइएकी ओसाका प्रतियोगिताबाट बाहिरिने घोषणा अहिले विश्वव्यापी चर्चामा छ । मानसिक स्वास्थ्यको कारण देखाउँदै उनले हालै एउटा खेलपछि पत्रकारसँग कुरा गर्न अस्वीकार गर्नुभएको थियो । त्यही कारण आयोजकले ओसाकालाई यही घटनाका कारण १५ हजार डलर जरिवाना गर्दै आगामी दिनमा पत्रकारसँग बोल्न अस्वीकार गरे प्रतियोगिताबाटै निस्कासित गर्ने चेतावनी दिएको थियो । तर उहा स्वयंले प्रतियोगिताबाट बाहिरिने घोषणा गर्नुभएको हो । तर त्यसको अर्कोदिन मंगलबार नै ओसाकाले आफैं प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका हुन् । उहाले ट्विटरमा, ‘सन् २०१८ मा पहिलो ग्रान्ड स्लाम जितेपछि नै मैले डिप्रेसनको सामना गरिरहेको छु । २३ वर्षकी उनले गतहप्ता मात्र आफ्नो मानसिक अवस्था ठिक नभएकाले खेलपछि यसपटक कुनै पत्रकार सम्मेलनमा भाग नलिने बतार्नुभएको थियो । आइतबार ओसाका रोमानियाकी पेट्रिसिया मारिया टिगसँग पराजित भएपछि उहालाई आयोजकले सोमबार १५ हजार डलर जरिवाना गरेको थियो भने प्रतियोगिताबाट निकाल्ने चेतावनी दिएको थियो ।
Friday, December 12
Trending
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
- पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
- राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
- पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
- छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
- भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
- राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
