स्याङ्जा ४ पुस । पुतलीबजार नगरपालिकाले फोहोरमैला बर्गिकरण र ब्यवस्थापन सम्बन्धि दुइ दिने तालिम आजबाट सुरु गरेको छ । वडा नं. १, २, ३, ४, १० र ११ का टोल विकास संस्थाका पदाधिकारी तथा सरोकारवालाई तालिम दिने भएको हो ।
तालिम उदघाटन गर्दे नगर उपप्रमुख महेश हामी सबैका घरबाट निस्केका फोहोर मध्ये ८० देखि ९० प्रतिशत फोहोर मैलालाई घरमा उपयोगगरी गर्न सकिने बताउनुभयो । उहाले फोहोरलाई समस्याको रुपमा नलिई अवसरका रुपमा उपयोग गर्न सुझाव दिनुभयो । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै बर्गिकरणगरी नगरपालिकालाई उपलब्ध गराउन समेत उपप्रमुख पुरीको आग्रह छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम नेपाल, योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकाल लगायतले फोहोरमैलाको उचित ब्यवस्थापनले मात्र सभ्य नागरिकको पहिचान दिने बताउदै पुतलीबजारलाई सफा र सुग्घर बनाउन सबै नागरिकको कर्तब्य र दायित्य हुनेमा जोड दिनुभयो ।
वडा अध्यक्ष निर्मल शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन फोहोर मैला ब्यवस्थापन शाखा प्रमुख धनप्रसाद कोइरालाले गर्नुभएको थियो । तालिममा सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ। तालिममा ४० जनाको सहभागिता छ ।