स्याङजा, ११ असार । फेदीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि ३६ करोड ८९ लाखको बजेट सार्वजनिक गरेको छ।
बजेटले चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार विनियोजन गरेको छ।
उपाध्यक्ष देवी थापाद्धारा प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा १२ करोड, सामाजिक विकासमा १५ करोड ९८ लाख, पुर्वाधार विकासमा १२ करोड ५६ लाख, आर्थिक विकासमा ३ करोड ८१ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ६ करोड ५५ लाख छ।
बजेटसँगै सभाले नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन, गाउँपालिकाको संगठन तथा व्यवस्थापनलाई पारित गरेको छ।
प्राबिधिक शिक्षा, कृषि ल्याबदेखि पर्यटनसम्म प्राथमिकता
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा ४ बर्षे कार्यको समिक्षा एवं उपलब्धीलाई संस्थागतका निरन्तरता एवम् नयाँ कार्यक्रमका सुरु गरिने उल्लेख छ। विपदका बेला संञ्चालित कृषि एम्बुलेन्स देखि बाँझो जग्गाको उपयोग गर्ने किसानलाई प्रोत्साहन कार्यक्रमहरुलाई निरन्तरता दिएको छ। उत्पादित २६ किसिमका तरकारीमा दिइएको न्युनतम मुल्य, चिस्यान केन्द्रको अवधारणा अघि सारिएको छ।
मकैको विउ उत्पादनमा निरन्तरता, माटो परिक्षण एवं कृषियोग्य माटो, खाद्यान्नमा विषादी तथा गुणस्तर परिक्षण गर्न कृषि ल्याव स्थापना गरिने नीति तथा कायृक्रममा उल्लेख छन्।
पालिकालाई प्राविधिक शैक्षिक हब, प्राविधिक शिक्षालय संचालन, वडा नं. १ गुर्दुममा गण्डकी प्रदेश स्तरीय गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान निर्माणाधिन आवस्थामा रहेको अध्यक्ष सुवेदीले जनाउनुभयो ।
बिद्यालयमा स्थानीय पाठ्यक्रम, सबै विद्यालयका शिक्षक तथा कर्मचारीको न्युनतम पारिश्रामिक १५ हजार, कोभिड १९ महामारीमा संक्रमित भई अस्पतालमा उपचार गर्नुपर्ने विपन्न नागरिकलाई अधिकतम रु १५ हजार सहयोग गर्ने नीति बनाइएको छ।
सुविधासम्पन्न १५ शैयाको अस्पताल, ७० बर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुति सेवाका लागि अस्पतालसम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा, ग्रामिण अल्ट्रासाउण्ड प्रविधि तथा निशुल्क स्वास्थ्य बिमा, युवा उद्यमीको संख्यामा र उद्यम कोषमा वृद्धि, मजदुर संचित कोष पनि कार्यक्रममा समेटिएका छन्।
पर्यटन क्षेत्रलाई चलायमान बनाउन फेदीखोला एकिकृत पर्यटन प्याकेज कार्यक्रम र विभिन्न देशमा रहेका फेदीखोलाबासीलाई समेटेर पर्यटन दुत अवधारणा अनुरुप अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन्।
Thursday, December 11
Trending
- राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
- पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
- छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
- भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
- राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
- रणविर जनहित माविमा संस्कार शिक्षा
- राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
- साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
