Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 14
    Trending
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्लटिङ गिराेहले घडेरीलाई बाटो बनाइदिए
    गण्डकी प्रदेश

    प्लटिङ गिराेहले घडेरीलाई बाटो बनाइदिए

    Syangja SandeshBy Syangja SandeshJuly 13, 2021Updated:July 16, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    केशवशरण लामिछाने

    पोखरा,२९ असार । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाकी गोमाकुमारी अर्यालले १३ वर्षअघि पोखरामा २ आना जग्गा किन्नुभयो । । पोखरा १४ हवेलीमार्गमा १३ हात मोहोडा भएको सानो घडेरी किन्न उनले ठूलो मेहनतले किन्नुभएको हो । । डिभिजन वन कार्यालय स्याङ्जाको जागिरको बचतले मात्रै पुगेन । बैंकबाट ऋण अनि साढे २ आनाको त्यो घडेरी जोड्नुभयो । पोखरामा ओत लाग्ने सानै भए पनि एउटा घर ठड्याउने उहाको सपना थियो ।

    श्रीमान् टाउकोको अप्रेसन गरेर बिरामी छन् । दुई छोराहरुसहित ४ परिवार छ । गोमाले जागिर खाँदै थोरैथोरै पैसा जोगाउनुभयो । श्रीमान्ले विदेशबाट कमाएर पठाएका र अपुग रकम मुक्तिनाथ विकास बैंकबाट ऋण पनि काढ्नुभयो । । त्यसरी २०६५ साल चैत २६ गते किनेको त्यो घडेरी आज उहाले घर बनाउन मिल्ने अवस्थामा छैन ।

    जग्गा किनेदेखि नै गोमाले बैंक किस्ता बुझाउँदै आउनुभएको छ । २०७७ सालको फागुनमा किस्ता बुझाएर सकियो । तर जब उहाले बैंकधितोबाट फुकुवा लिन मालपोत कास्की पुग्नुभयो, छाँगाबाट खसेजस्तो हुनुभयो । ‘फुकुवा लिन जाँदा त नक्सामा मेरो घडेरी नै देखिएन,’ उहाले भनुभयो ।

    भएको के रहेछ भने गोमाको घडेरी हालसाविक गर्दा नापी कार्यालयले बाटो कायम गरिदिएछ । उनको घडेरीलाई बाटो कायम गरी पछाडिको जग्गा प्लटिङसमेत भएको छ । ती प्लटिङवालाले आफ्नो घडेरीलाई बाटो देखाएर १६ वटा घडेरी बेचिसकेको गोमा बताउँछिन् । त्यसमध्ये एकजनाले घरसमेत बनाइसकेका छन् ।

    श्रीमान् विदेश । आफू पनि जागिरे । त्यसैले घडेरी रेखदेखलाई घरीघरी आउन पाइन्न भनेरै गोमाले कम्पाउन्डवाल पनि लगाउनुभयो । ‘लालपुर्जा मेरै नाममा छ, नक्सा पनि मसँगै छ, पर्खाल लगाएकी छु भनेर ढुक्कले बसेकी थिएँ,’ गोमाले भनुभयो , ‘तर कम्पाउन्ड पनि भत्काएर बाटो बनाइदिएछन् ।’

    व्यक्तिगत घडेरीलाई सार्वजनिक बाटो कायम गरिदिएको गुनासो गर्दै गोमा अर्याल नापी कार्यालय पुग्नुभयो । तर त्यहाँका अधिकारीले भने उल्टै उहालाई दोष देखाए ।भनुभयो, ‘फोन गरेका थियौं भन्नुहुन्छ तर मलाई नापीबाट कहिल्यै फोन आएन ।’ धनीलाई थाहै नदिई सार्वजनिक बाटो कायम गरी नापीले नयाँ नापनक्सा बनाइदिँदा गोमाको जग्गा गुमेको छ ।

    गोमाले बेलाबेला आउँदै जग्गा हेर्ने पनि गर्नुभएको थियो । सरकारलाई जग्गाको तिरोभरो पनि बुझाउनुभएको छ । उहाको हातमा लालपुर्जा र नक्सामात्रै छैन, वर्षैपिच्छे बुझाएको तिरोका रसिद पनि छन् । मात्रै छैन उहाको घडेरी ।

    बाटो खारेज गरी घडेरी कायम गराउन उनले मंगलबार स्थानीयलाई गुहार्नुभयो । आफूले खाई नखाई जोडेको सम्पतिमा सरकार र प्लटिङवालाले बलमिच्याइँ गरेको उहाले सुनाउनुभयो। उहाको गुहार सुन्न घडेरी भएकै जग्गामा मंगलबार जम्मा भएको हुलमा उहा भन्दै हुनुहुन्थ्थो, ‘बिरामी श्रीमान् र साना छोराछोरी छोडेर आएकी छु, मैले न्याय कसरी पाउने हो ?’

    पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्की र स्थानीय नागरिक अगुवाले पनि कित्ता नम्बर ५५८८ को घडेरी गोमाकै भएको ठह¥याएको छ । त्यसो त वडाध्यक्ष कार्कीले गोमाको घडेरी हालसाविकका लागि २०७७ फागुन १८ गते नापीलाई सिफारिस गरेका थिए । मंगलबारको भेलाले पनि गोमाको घडेरी उनकै नाममा हालसाविक गरिदिन सिफासि गर्ने लिखित निर्णय गरेको छ । उक्त निर्णयमा स्थानीय अगुवाहरु बोधराज कार्की, धनबहादुर गुरुङ, रामबहादुर भण्डारी, महाप्रसाद सुवेदी, द्रोणबहादुर कार्की, गंगाबहादुर थापा, घनश्याम रिजाल, खड्कराज सुवेदी, रितबहादुर रोका, शोभित खड्का, बोधराज गौतम, दानबहादुर थापा, डिल्लीराज सुवेदी र चित्र सिंहले हस्ताक्षर गरेका छन् ।

    वडा नम्बर १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले गोमाको घडेरीलाई बाटो भनेर अर्जुन बस्यालले १६ भन्दा बढी घडेरी प्लटिङ गरी बिक्री गरेको पुष्टि गरे । ‘बस्याल साह्रै ठग बदमास मान्छे हो,’ कार्कीले भनुभयो, ‘घडेरीवालाहरुले नै गोमाको घडेरीको पर्खाल भत्काइदिएछन् ।’ बस्यालले ढाँट्दा १६ वटा घडेरीका धनीलाई पनि मर्का परेको अध्यक्ष कार्कीले सुनाउनुभयो । व्यक्तिको नाममा रहेको जग्गा बाटोका लागि नापी कार्यालयबाट सार्वजनिक गरिनु ज्यादै दुख लाग्दो कुरा भएको सहभागी समाजसेवी बोधराज कार्कीले बताउनुभयो ।
    ….
    १ पोखरा १४ हवेलीमार्गस्थित ५५८८ कित्ता नम्बर जग्गाको गोमा अर्यालको नामको पुर्जा ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.