स्याङ्जा २७ जेठ । प्रेस युनियन स्याङजाको नवौं अधिवेशनले तोलाकान्त बगालेको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मि रहनुभएको छ । सचिवमा शंकर सुवेदी र सहसचिवमा कल्याणी खाँण, कोषाध्यक्षमा हिमाल न्यौपाने निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा राजनप्रसाद पौडेल, भुवन भण्डारी, सुजन पोखरेल, रामचन्द्र उपाध्याय, युवराज सुवेदी, बबिन पाठक, युवराज पौडेल, तीलक गुरुङ, निशा भट्टराई, दिपक विक, भेषराज रेग्मी निर्वाचित हुनुभएको छ।
लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहनुभएका बगाले रेडियो आँधीखोलाको स्टेशन म्यानेजर, राष्ट्रिय समाचार समिति , आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज र बुलेटिन नेपाल अनलाईनको अध्यक्ष हुनुहुन्छ ।