Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    • ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा
    • पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक
    • वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र
    • हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम
    • फरार कसुरदार ३८ वर्षपछि पक्राउ
    • स्याङ्जामा मनाइयो महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद पुनर्गठन, मन्त्रीले लिए सपथ
    समाचार

    प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद पुनर्गठन, मन्त्रीले लिए सपथ

    Syangja SandeshBy Syangja SandeshJune 4, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागि गराएर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । उहाहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साँझ नै सपथ खुवाउनुभएको छ । पुनर्गठित मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री छन् । जसपाबाट वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । राजेन्द्र महतोलाई उपप्रधान सहित शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा, अनिल झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, विमल श्रीवास्तवलाई श्रम, एकवाल मियाँलाई वन, चन्दा चौधरीलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
    चन्द्रकान्त चौधरीलाई उर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला, बालवालिका तथा जेष्ठ नागरिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा पनि व्यापक परिर्वतन गर्नु भएको छ । वहालवाला मन्त्रीहरुमा अर्थमन्त्री विष्णु पौडेल, न्याय तथा कानुनमन्त्री लिलानाथ श्रेष्ठ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ बाहेक अरु सवैलाई विदा गरिएको छ । अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ भने रघुविर महासेठलाई पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाइएको छ । यस्तै शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बन्नुभएको छ । गृह, रक्षा, सञ्चार, सामान्य प्रशासन, कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने प्रधानमन्त्रीले आफैंसंग राख्नुभएको छ ।


    यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

    प्रधानमन्त्री केपी शर्मा ओली – सुरक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
    विष्णु पौडेल – उपप्रधानमन्त्री, अर्थ
    राजेन्द्र महतो – उपप्रधानमन्त्री, शहरी विकास
    रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
    शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
    कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा
    बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
    लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
    शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
    अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
    विमल श्रीवास्तव – श्रम तथा रोजगार
    उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
    लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
    चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
    एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
    चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा
    रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025

    हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम

    November 29, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.