स्याङ्जा, २४ स्याङ्जा । मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन धर्ना गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै स्याङ्जा सदरमुकाम स्थित सभागृह चोकमा मानवअधिकारकर्मीहरुले आधा घण्टा धर्ना गरेका हुन।
स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय भए मात्र मानवअधिकारको रक्षा हुने जनाउदै विवादास्पद प्रधानन्यायाधीश जवराले शिघ्र राजिनामा दिनुपर्ने माग गरिएको छ। उनको राजिनामा नआए बहिर्गमनका लागि महाभियोग लगाउन समेत सबै दलहरुलाई समाजको आग्रह छ ।
धर्नापछिको कार्यक्रममा बोल्दै शान्ति समाज स्याङजाका सभापति धु्रवबन्धु पौडेलले सम्मानित पदमा आसिन ब्यक्तित्व र सर्वोच्च निकायको सम्मानका लागि प्रधानन्यायधीश जवराले राजीनामा दिनुपर्नेमा जोड दिनुभयो। उहाले भन्नुभयोे, ‘न्यायलयको शुद्धिकरणका अवको आवश्यकता हो।’
धर्ना प्रदर्शनमा वार एसोशियसन स्याङ्जाका अध्यक्ष ख्यामनारायण लामिछाने, मानवअधिकारकर्मी दुर्गानारायण ढकाल, जेष्ठ नागरिक समाजका रेवतीरमण पौडेल नागरिक समाज लगायत मानवअधिकारकर्मीहरुको सहभागिता थियो।
कार्यक्रमको संचालन मानवअधिकार तथा शान्ति समाजका सचिव भवानी अधिकारीले गर्नुभएको थियो ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
