Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रदेश नं. २ को संक्षिप्त जानकारी
    प्रदेश

    प्रदेश नं. २ को संक्षिप्त जानकारी

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरि संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि सो को अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ ।

    प्रदेश प्रमुखको नियुक्ति पश्चात प्रदेश सरकारको प्रमुख कार्यकारी निकायको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने कानूनी व्यवस्था रहेको हुँदा प्रदेश नं. २ मा पहिलोपल्ट वि.स. २०७४ फाल्गुन ३ गते मुख्यम्नत्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ सदस्यीय मन्त्रिपरिषद गठन भै कार्य प्रारम्भ भैसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत अधिकांश सबै मन्त्रालयहरु नेपाल सरकारको निर्णय अनुसार प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको जनकपुर चूरोट कम्पनी लिमिटेडभित्रका पुराना भवन मर्मत संभार गरि कार्य गरिरहेका छन् । २०७४ फाल्गुन १६ र २०७५ श्रावण ९ गते भएको पुर्नगठन पश्चात यस प्रदेश नं. २ मा मुख्यमन्त्री मुख्यमन्त्री लालबाबु यादवलगायत मन्त्री र राज्यमन्त्री गरी १३ सदस्यीय मन्त्रिपरिषद्को गठन भएको छ ।

    चुरोट कारखानाका पुराना घरहरु मर्मत गरि प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीज्यूहरुको लागि आवास व्यवस्था गरिएको । सभामुख तथा उपसभामुखहरुको लागि प्रदेश सभा रहेकै स्थानका आवास समेतको व्यवस्था गरिएको ।

    नेपालको संविधानको धारा ५६(२) बमोजिम राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले कानून बमोजिम हुने ब्यवस्था रहेको र धारा १७५ बमोजिम पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यबाट प्रदेश सभाको गठन हुने प्रावधान मुताविक संविधानको अनुसूची ४ बमोजिम उल्लेखित ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) का १०७ जना माननीय सदस्यहरू सम्मिलित प्रदेश नं. २ प्रदेशभा गठन भएको हो । यस प्रदेश सभाको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । पहिलो हुने निर्वाचनबाट निर्वाचित ६४ जना, समानुपातिकबाट ४३ जना गरी जम्मा १०७ माननीय सदस्यहरू रहनु भएको छ । प्रदेश नं. २ प्रदेश सभाका सभामुखमा माननीय श्री सरोज कुमार यादब, उपसभामुखमा माननीय श्री उपमा कुमारी देव हुनहुन्छ । स्रोत, सरकार मुख्यमन्त्री मन्त्रिपरिषदको कार्यालय प्रदेश नं. २ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संघिय नेपालको प्रशासनिक बिभाजन, नेपालका प्रदेशमा बिभाजन गरिएका जिल्लाहरु

    May 31, 2021

    सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय

    May 31, 2021

    कर्णाली प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    लुम्बिनी प्रदेशको संक्षिप्त परिचय

    May 30, 2021

    गण्डकी प्रदेशको संक्षिप्त जानकारी

    May 30, 2021

    बाग्मती प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.