पोखरा, २८ जेठ । गण्डकीमा वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुखकोमा पुगेका छन् । प्रदेश प्रमुखले भोलि दिउँसो २ बजेसम्मको समय तोकेर आह्वान गरे पछि बहुमत सदस्य ९३१० सहित आजै उपस्थित भएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो।
प्रदेश प्रमुखले संविधानको धारा १६८९५० बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न आजै आह्वान गर्नुभएको थियो ।
विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।
प्रदेश सभामा हिजो मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको पहल सुरु भएको हो । मुख्यमन्त्रीले २७ मत ल्याउँदा विपक्षीले ३० मत प्राप्त गरेका थिए ।
जनमोर्चाका सांसद कृष्ण थापाले मत हाल्नु भएन भने स्वतन्त्र सांसद दीपक मनाङे उपस्थित नै हुनु भएको थिएन ।