स्याङ्जा, १३ असार । गल्याङ् नगरपालिका ७ पुल्चोकमा बंगुरका पाठापाठी खाएको चितुवाले मानिसलाई पनि आक्रमण गर्र्न खोज्दा मारिएको छ।
आइतवार विहान ६२ बर्षिय खडगबहादुर गाहा मगरको बंगुरको खोरभित्र पसेर ३ वटा पाठापाठी खाएपछि खोरमा आफैं थुनिएको थियो।
खोरभित्र रहेको चितुवा भगाउन र बाँकी रहेका बंगुरका माउ जोगाउन पुगेका ३८ बर्षिय लालबहादुर बिकलाई चितुवाले चिथोरेर घाईते बनायो। उनको गल्याङ नगर अस्पतालमा उपचार भैरहेको र बायाँ हातमा चोट लागेको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
चितुवाको आक्रमणपरी तीन वटा पाठीपाठी मरेका छन्। चितुवाले स्थानीयलाई समेत आक्रमण गर्न खोजीपछि प्रहरीले गोली हानेर त्यसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर घाइते भएको चितुवा केहीक्षणपछि मरेको बताइएको छ।
बंगुर खान पसेको चितुवा खोरमा थुनिएपछि नियन्त्रणमा लिनका लागि स्थानीयबासीहरु जम्मा भएका थिए। सोही बेलामा विक चितुवाको आक्रमणमा परेका हुन। अन्य ५ वटा बंगुर भने सकुशल रहेका छन्।
चितुवालाई शव डिभिजन वन कार्यालय गल्याङ्मा जिम्मा लगाएको छ।