कास्की १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको हो । विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण भएका थिए । शुरुमा बुद्ध एयर र त्यसपछि यति एयरलाईन्स, गुण, सौर्य र हिमालय एयरलाईन्सका जहाज अवतरण भएको थियो । त्यसपछि भने पोखराबाट उडान शुरु गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
उद्घाटन समारोहमा मानव सागर नै उत्रिएको थियो । पोखरा महानगरपालिकाको आह्वानमा पोखराका लब्ध प्रतिष्ठितदेखि आमा समूह, युवा क्लव, संघ संस्थाहरु संस्थागत रुपमा सहभागि भएका थिए । पोखरा अमरसिंहचोकदेखि विमानस्थलसम्म ¥यालीसमेत निकालिएको थियो । मानव सागर उत्रिएका कारण पोखराको पृथ्वीचोकदेखि अमरसिंहचोक, औद्योगिक क्षेत्रहुँदै विमानस्थलसम्मै जाम लागेको थियो । विमानस्थल वरपर भरिएर विमानस्थलदेखि आगमन र वहिर्गमनका लागि बनाइएको सडकमै सर्वसाधारणको भिड लागेको थियो ।
विमानस्थल दुई महिना अघि नै सम्पन्न भएपनि १ जनवरी २०२२ को अवसर पारेर उद्घाटन गरिएको हो । यसबिचमा विमानस्थल सञ्चालनमा बाधा पुग्ने फोहोर ब्यबस्थापनका लागि नया ल्याण्डफिल साईड खोज्नु र डाँडा कटान कार्य भएको थियो । डाँडा कटान कार्य केहि अघि नै सम्पन्न भएपनि फोहोर व्यवस्थापन कार्यक्रम अस्थायी रुपमा मात्रै समाधान गरिएको छ । महानगरले पुरानो ल्याण्डफिल साइडमा फोहोर फाल्न बन्द गरेर वडा नं–३२ को लामेआहालमा अस्थायी रुपमा फोहोर फाल्न थालेको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले हाललाई अस्थायी रुपमा ल्याण्डफिल साईड तयार गरिएपनि पछि व्यवस्थित गरेर दिर्घकालीन बनाईने बताउनुभयो । उहाले पोखरा–३३ पुँडीटारको झाँक्री खोलामा पुनः प्रशोधन केन्द्र बनाएर दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने योजना महानगरको रहेको बताउनुभयो । तर प्रशोधन केन्द्र नबनेसम्म लामेआहालको खोला छेउमा फोहोर व्यवस्थापन गरिने उहाको भनाई छ ।
मेयर आचार्यले केहि दिन भित्रै प्रशोधनसहितको ल्याण्डफिल साईडका लागि ग्लोबल टेण्डर निकाल्ने तयारी महानगरले गरिरहेको बताउनुभयो । उहाले फालिएको फोहोर हरेक दिन पुरिने बताउनुभयो । नदी किनार भएपनि फोहोरले नदीलाई कुनै असर नपर्ने गरी व्यवस्थापन गरिएको उहाले दाबी गर्नुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गर्नुभएको थियो । गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसीईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो । कोरोनाको अप्ठेरोका बाबजुद पनि निरन्तर खटिदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेस्रो साता निर्माण कम्पनिले महत्त्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो ।
विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन् । यी जहाज २ सय सिट भन्दा कम यात्रु क्षमताका हुन् । यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सक्छ । विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाइ ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ । विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ । १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको आयोजनाले बताएको छ ।
विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ एक्जिम बैंकसँग सहुलियत ऋणका रुपमा लिने लिएको हो । वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्व तिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीइ बिचको सम्झौतामा इपिसि ९इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन मोडलमा विमानस्थल बनाउने सहमति भएको थियो ।
पाँच दशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यो अपुग भएपछि पहिलो पथक ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो भने दोश्रो पटक विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।