पोखरा १२ साउन । पोखराको सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई ध्यान दिर्दै पोखरा महानगरपालिकाले आकाशे पुल निर्माण गरेको हो । यात्रुलाई बाटो काट्न सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो । महानगरपालिकाको रु दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत रु ५० लाख विनियोजन गर्नुभएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको सो आकाशे पुल पहिलो भएको उहाले जानकारी दिनुभयो । इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन मिल्छ । आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमीनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निर्माणकार्य ढिला भई एक वर्षपछि सम्पन्न भएको हो ।
Saturday, November 23
Trending
- अर्जुनचौपारीद्धारा महिला क्रिकेट खेलाडीलाई नगद सहित सम्मान
- पुतलीबजार नगरपालिका १ कार्यालयद्धारा क्रिकेट खेलाडीलाई सम्मान
- पुतलीबजार नगरपालिकाले आउदो नगरसभामा क्रिकेट महिला खेलाडीलाई सम्मान गर्ने
- रोशनी माविद्धारा ४ खेलाडी रअध्यक्ष सहितलाई सम्मान
- खुमा अर्याल फाउण्डेसनद्धारा जनही एक लाख नगद सहित खेलाडी सम्मान र स्वास्थ्य शिविर
- ‘नेपाली काँग्रेसकोे सय दिने बिशेष अभियान स्याङ्जामा सुरु’
- खुमा फाउण्डेशनले महिला क्रिकेटरलाई सम्मान गर्ने
- विश्वकप खेल्ने यु १९ का स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले सम्मान गर्ने