Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुष्पलालको ४६ औं स्मृति दिवस, स्याङ्जामा रक्तदान
    वालिङ् नगरपालिका

    पुष्पलालको ४६ औं स्मृति दिवस, स्याङ्जामा रक्तदान

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको श्रेष्ठको ४६ औं स्मृति दिवस स्याङ्जामा रक्तदान कार्यक्रमगरी मनाएको छ । दिवसको अवसर पारेर राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वालिङमा रक्तदान गरेको हो ।
    Syangja SandeshBy Syangja SandeshJuly 24, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको श्रेष्ठको ४६ औं स्मृति दिवस स्याङ्जामा रक्तदान कार्यक्रमगरी मनाएको छ । दिवसको अवसर पारेर राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वालिङमा रक्तदान गरेको हो ।

    नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सांसद सीता सुन्दासले धेरै पटक रगत दान गर्नुभएका आँधीखोला गाउपालिकाका अध्यक्ष विश्व पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

    सांसद सुन्दासले नयाँ जीवन दिने बहुमुल्य बस्तु रगतका अभावमा जीवन गुमाउनु पर्ने अवस्था कसैलाई पनि हुन नदिन युवाहरुको सक्रियता बढ्नुपर्ने बताउनुभयो । उहाले युवाहरुका सिर्जनशिल एवं उपकारी कार्यको प्रशंसा गर्दै रगतको सहि उपयोगमा समेत ध्यान दिन सुझाव दिनुभयो ।

    आफना संस्थापक नेताको स्मरण गर्दै युवा संघले गरेको सामाजिक एवं रचनात्मक कार्यको निरन्तरताको लागि समेत आग्रह गर्नुभयो । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् उहाले भन्नुभयो ।

    पौडेलले यसपटकगरी ३० औं पटक रक्तदान गर्नुभएको जानकारी दिनुभयो । कार्यक्रममा भने १ सय ७ जनाले रक्तदान गरेको युवा संघले जनाएको छ । संघका जिल्ला अध्यक्ष राजन पोख्रेलले जानकारी दिनुभयो ।

    नेपालमा कम्युनिस्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लड्नुभयो ।

    विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमै लालेउनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएको थियो ।

    पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ हुनुहुन्छ । नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो।

    यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो।

    नेकपाको स्थापना कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.