स्याङ्जा २३ असोज । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सूचना र प्रबिधिले धेरै फड्को मारिसक्दा पनि नागरिकका हुलाकप्रतिको विश्वास अझै कायम रहेको बताउनुभयो । सरकारी कामकाजका लागि अझै पनि सक्कली डकुमेन्ट राख्नका लागि हुलाकी सेवा नै आवश्यक रहेकोमा उहाले जोड दिनुभयो ।
‘पुनरुत्थानका लागि नवप्रवद्र्धक’ भन्ने नाराका साथ १४७ औं विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा शनिवार यहाँ बोल्दै प्रजिअ नेपालले सो कुरा बताउनुभएको हो ।
अहिले पनि नेपालका सबै सरकारी कार्यालयले अनलाईन सेवाको पूर्ण उपयोग गरि नसकेको अवस्था भएको उहाले बताउनुभयो । सरकारले हुलाकलाई थप जिम्मेवारी सहित अघि बढाएको बताउदै प्रजिअ नेपालले अब हुलाक कार्यालय मार्फत राहदानी बितरणका कार्य गर्ने भएको जनाउनुभयो । उहाले भन्नुभयो, ‘सर्भिस सेन्टर’ का रुपमा कार्यालयलाई लिनुपर्छ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, खरिदार द्धय आसमाया गुरुङ् र रोहीणीराज पौडेल लगायतले सूचना प्रबिधि र सञ्चार माध्यमको समेत नियमनकारी निकाय हुलाकले पछिल्लो समय थप जिम्मेवारी सहित अघि बढेकोमा खुशी ब्यक्त गर्नुभयो।
यसअघि जिल्लाका सञ्चार माध्यमलाई केन्द्र तथा प्रदेशमा धाउनुपर्ने वाध्यतालाई छा्ेट्याउदै जिल्ला हुलाक मार्फत लोककल्याणकारी बिज्ञापनका भुक्तानी लगायत अनुगमन तथा नियमनगर्नेगरी भएको निर्णयलाई स्वागत गर्नुभयो ।
जिल्ला हुलाक कार्यालयका प्रमुख कृष्णराज तिमिल्सिनाले लकडाउनका समयमा पनि कार्यालयले सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
सोही कार्यक्रमममा जिल्लाको सूचना तथा सञ्चार क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दे कार्यालयले निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मालाई सम्मान गरेको छ ।
यसैगरी, कार्यालयमा कार्यरत ५ जना कर्मचारीलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा क्याक्मी इलाका हुलाकका खरिदार ज्ञानराज बस्ताकोटी, जिल्ला हुलाक कार्यालयका खरिदार आसमाया गुरुङ, भुम्रे इलाकाका हल्कारा ओमप्रसाद शर्मा, हुलाकी छवीलाल चापागाई, किचनासा इलााकाका डाकबाहक मधु मानन्धर हुन।