स्याङ्जा ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टी माओवादी स्याङ्जाले पुतलीबजारमा आफ्नो उमेद्वार निष्क्रिय बनाउदै नेपाली कांग्रेस स्याङ्जा पुतलीबजारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस पार्टी कार्यलयमा बसेको संयुक्त बैठकले केन्द्रको गठबन्धनको निर्णय, भावना र मर्म अनुसार प्रतिगामी तत्व र शक्तिलाई परास्त पर्नको लागि आफू पछि हटि तुलसीराम रेग्मीलाइ समर्थन गरेको पुतलीबजारमा माओवादीको तर्फबाट मेयर पदमा उमेदवार दिनुभएको माओवादी नेता नारायण लम्सालले जानकारी दिनुभयो ।
साथै आम नेकपा माओवादी केन्द्रका सम्पुर्ण नेता ,कार्यकर्ता आम मतदाता, शुभचिन्तक, इस्टमित्र, सम्पुर्ण पुतलीबजार नगर बासिलाइ एक जुट भएर पुतलीबजारमा गठबन्धनका उमेदवार तुलसीराम रेग्मी ९नेपालि कांग्रेस०, उप(मेयर देबि अर्याल९नेपाली कांग्रेस० लगाएत १४ वटै वडामा गठबन्धनका सम्पुर्ण उमेदवारहरुलाई आफ्नो मत दिएर बिजयी गराइदिन अनुरोध गर्नुभएको छ ।
यस्तै गरि कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेद्बारी दिनुभएका तुलसीराम रेग्मीले केन्द्रको निर्णय र गठबन्धनको मर्मलाई आत्मसाथ गरि अगाडि बढ्नु पर्ने र देश जोगाउन, लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न सबै एक जुट हुन जरुरी रहेको बताउनुभयो। माओवादी केन्द्रका यो साथ सहयोगको उच्च मुल्यांकन गर्ने र भाबी दिनमा समग्र पुतलीबजारको बिकासको लागि कांग्रेस र माओवादी केन्द्र एक भएर हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा माओवादीका सम्पुर्णलाई धन्यवाद दिनुभएको छ ।