स्याङ्जा २९ जेठ । पुतलीबजारमा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका न्यायिक समितिको आयोजना र द एशिया फाउण्डेशन स्थानीय सरकार सवलीकरणको प्राविधिक सहयोगमा संचालित ४८ घण्टे मेलमिलाप सहित यसअघि तालिम लिएकालार्ई पुनतार्जगी तालिम सम्पन्न भएका छन् ।
तालिमको समापनका अवसरमा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले विवादित दुबै पक्षलाई जीत जीतको महसुस हुनेगरी दिइने तालिमलाई ब्यवहारमा उतार्न सहभागी मेलमिलापकर्तालाई सुझाव दिनुभयो । तालिमलाई तालिममा मात्र सिमित नराख्न सुझाव दिदै यस्ता तालिमले समाजमा सकारात्मक प्रभाव पार्नेमा जोड दिनुभयो ।
देवानी प्रकृतिका वादविवाद आफनै वडामा बसेर समाधान गर्न सकिने उहाले भन्नुभयो । मेलमिलापकर्तालाई कसैको पनि पक्ष नलिई, तटस्थरही मेलमिलाप गर्न गराउनु आग्रह गर्नुभयो । आम मानिसको हैसियत भन्दा बढ िखर्चिलो न्याय प्राप्तिमा समेत यसको महत्वपूर्ण भूमिका रहनेमा जोड दिदै तालिम प्राप्त मेलमिलापकर्ताका क्षमता अभिबृद्धिका लागि यस्ता खालका प्रशिक्षण उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
न्यायिक समितिका संयोजक एवं नगर उप–प्रमुख देवी अर्यालले नगरपालिकामा आएका अधिकांश विवाद समाधान गरि पठाएको बताउनुभयो । उहाले दर्ता भएका तथा नभएका लिखित तथा मौखिक दर्जनौ विवादको समाधान गरिएको र आफना मातहत भन्दा वाहिर रहेका विवादलाई न्यायिक लडाईका लागि अदालतसम्म पठाएको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा प्रमुख प्रशिक्षक पूर्ण परियार, सहभागी द्धय भवानी अधिकारी र अर्जुन रेग्मी लगायतले तालिमको प्रभावकारिता र आवश्यकताका बारेमा जानकारी गराउनुभयो । आधारभुत तालिम तालिममा नगरपालिकाभित्रका २७ जना मेलमिलापकर्ता सहभागीता थिए ।
कार्यक्रमको सहजिकरण पुतलीबजार नगरपालिका न्यायीक समितिको सचिवालयमा कार्यरत कर्मचारी सिर्जना लामिछानेले गर्नुभएको थियो।