Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा नगर स्तरीय तीज गीत प्रतियोगितामा सम्पन्न
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा नगर स्तरीय तीज गीत प्रतियोगितामा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshAugust 31, 2024Updated:August 31, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १४ भदौ । हरितालिका तीजको अबसर पारेर पुतलीबजार नगरपालिकाले नगरस्तरीय तीज गीत प्रतियोगिता गरेको छ ।

    प्रतियोगिताको उदघाटन गर्दै संघिय सांसद राजु थापाले महिला मैत्री कानून निर्माण गर्ने बताउनुभयो । उहाले बढ्दो हिंसा न्यूनिकरण सहित अन्त्यका लागि कानून संशोधनका लागि आवाज उठाउने बताउनुभयो । महिला हिंसामा पुरुषहरु बढी संलग्न भए पनि महिलाबाट महिला नै प्रताडित बन्न दिन नहुनेमा उहाले जोड दिनुभयो ।

    धर्म र कुप्रथाका नाउमा बोक्सी लगायतका आरोप लगाउदै शारिरीक र मानसिक यातना बन्द गर्नै कार्यमा महिला महिलाबीच एकता र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । संबिधानले महिलालाई बिभेद नगरेको जनाउदै उच्च पदस्थ स्थानमा महिलाले कुशलतापूर्व आ आफना जिम्मेवारी कुशलतापूर्वक बहन गरेको जनाउनुभयो ।

    ‘हिजो जस्तो आज छैन । समय धेरै परिवर्तन भैसकेको छ । राजनीतिक परिवर्तनसंगै नवनिर्मित संबिधानमा महिलामैत्री छ । राज्यका हरेका तहमा महिलाको सहभागिता छ । अन्य राष्ट्रको तुलनामा महिला अधिकारका क्षेत्रमा नेपालको संबिधान उत्कृष्ठ ठहरिएको छ ।’ उहाले थप्नुभयो, ‘आजका महिला सचेत छन । शिक्षित छन । तर पनि हिंसाका घटनामा कमी देखिएको छैन । हत्या, हिंसाका घटना बढेका छन । यस्ता घटना न्यूनीकरणका लागि महिला दिदीबहीनी एकजुट भइृ लाग्नु पर्नेछ । महिलालाई शिक्षा सहित आत्मरक्षाका तालिम उपलब्ध गराउन आवश्यक छ ।’

    नजिकिदै गरेको हरितालिका तीजको शुभकामना ब्यक्त गर्दै नेपाली परिवेश र क्षमता सुहाउदो रुपमा मनाई हाम्रा कला, संस्कृति र परम्परालाई जोगाई राख्न समेत सुझाव दिनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति लगायतले हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
    नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य संजीता अर्यालले स्वागत एवं शिक्षा शाखाका नायब सुब्बा शोभा बस्यालले संचालन गर्नु भएको थियो ।

    तीज गीत प्रतियोगितामा दुर्गानगर आमा समूह प्रथम, महिला संजाल वडा नं. १ द्धितिय, एकता बुहारी समूह तृतीय र अन्नपूर्ण आमा समूह सान्त्वना भएका छन । विजयी प्रतियोगीलाई संघीय सांसद राजु थापा र उपप्रमुख देवी अर्यालले नगद प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा नगरपालिकाका २९ वटा समूह सहभागी थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.