Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको नीति कार्यक्रम र बजेट सार्वजनिकरण
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको नीति कार्यक्रम र बजेट सार्वजनिकरण

    Syangja SandeshBy Syangja SandeshJune 24, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, १० असार । पुतलीबजार नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट बिहीवार सार्वजनिक गरेकोे छ ।
    पुतलीबजार नगरपालिकाले स्वरोजगारका लागि प्रेरितगरी उद्योग, ब्यापार ब्यवासाय तथा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । समृद्ध पुतलीबजार, सुखी नगरबासीको मूल लक्ष्यलाई पुरा गर्न पूर्वाधार विकास, कृषि, उद्योग, ब्यापार, पर्यटन, सुशासन, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र लगायतलाई नगरपालिकाकोे नीति तथा कार्यक्रममा समावेश गरेको हो ।
    नगरपालिकाद्धारा सदरमुकाममा आयोजित नवौ नगरसभा मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख सीमा क्षत्रीले सुन्तलाको शहर, एक टोल एक नर्सरी, एकघर एक करेशावारी, आधीखोला, अरौदीखोला र बाडखोलाको संगमस्थलमा त्रिवेणीधाम, होमस्टे, उद्योग ब्यवासाय, सहकारी, स्वास्थ्य, शिक्षा, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, कर डर होईन, नगर विकासको भर हो, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखेको बताईन।
    यसैगरी, नगरसभामा ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत भएको छ । उपप्रमुख महेश पुरीले नगर सभामा आर्थिक वर्ष २०७८÷७९ का लागि ८७ करोड २२ लाख बजेट प्रस्तुत भएको हो । चालु खर्च तर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार रहेको उहाले जानकारी दिए ।
    बजेटमा नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रम अनुरुप बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्र तर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिवी निवारण कार्यक्रम, भुमि व्यवस्था निति तथा कार्यक्रमा बजेट छुट्याईएको छ ।
    सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घरनक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजना गरिएको जनाईएको थियो । सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखी बजेट प्रस्तुत भएको छ ।
    नगरसभामा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले वन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका छन्। सुशासन समितिका संयोजक ओमबहादुर खड्काले कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिधेयक, लेखा समितिका संयोजक रविविक्रम केसीले लेखा समितिको प्रतिवेदन र भौतिक पूर्वाधार व्यवस्थापन समितिका संयोजक अमृत श्रेष्ठले स्थानीय सडक मापदण्ड बारेकोे प्रतिवेदन प्रस्तुत गरेका छन् ।
    बजेट बाहेकका प्रतिवेदनलाई नगर सभाले पारित गरेको छ ।
    बजेट पास भएन
    बजेट बिनियोजनमा पक्षपात गरिएको र वडासभाबाट पास भएका योजना पनि समावेश नगरिएको भन्दै नेपाली कांंग्रेस समर्थित सदस्यहरुले कार्यक्रम बहिस्कार भन्दैै नगरसभाबाट बाहिरिएका थिए।
    सदस्यहरुको असन्तुष्टिप्रति नगरप्रमुखले आफुहरुलाई छलफलका लागि बोलाएको र भोली (शुक्रवार) बिहान प्रमुखसंगको छलफल गरिने पुतलीबजार नगरपालिकाका वडा अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए ।
    नीति तथा कार्यक्रममाथि पुतलीबजार नगरपालिका १ का सदस्य विष्णुकुमार श्रेष्ठ, १० का सदस्य सुरज अधिकारी, ८ का वडा सदस्य इमानसेन ठकुरीले गुनासा एवं सुझाव दिएका थिए।
    नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम नेपालले सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    फरार कसुरदार ३८ वर्षपछि पक्राउ

    November 29, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.