स्याङजा, १३ पौष । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय कार्यक्रम युएनडीपीको साझेदारी तथा सूर्याेदय क्लब स्याङजाको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तरग किसानहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । पुतलीबजार नगरपालिका भित्रका ५० किसानहरुलाई पालिकाको प्राङगणमा कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
कृषि सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्रीले किसानहरुलाई प्रविधि वितरण गरिएको बताउदै कार्यक्रममा जोडिएर व्यवसायीक किसान बन्न अनुरोध गर्नुभयो। नगरप्रमुख क्षेत्रीले किसानहरुले पुतलीबजार नगरपालिकालाई सुखमा भन्दा दुःखमा सम्झन आग्रह गर्नुभयो् । उहाले पालिकाका भित्रका किसानहरुलाई व्यवसायीक बन्न अनुरोध गर्दै बजारीकरणको समस्या पालिकाले समाधान गर्न कृषी उपज केन्द्र संचालन गर्न लागेको जनकारी दिनुभयो ।
कार्यक्रममा साझेदारी संस्था युएनडीपी गण्डकी लुम्बीनीका प्रमुख सुदिप अर्यालले पालिकाका किसानहरुलाई व्यवसायीक बनाउन कृषि उपकरणहरु वितरण गरीएको बताउनुभयो । उनले साझेदारी कार्यक्रमले किसानहरुको उत्पादन स्तर वृद्धि भएको बताउदै साझेदारीका कार्यक्रमहरु सफल हुदै गएकाले आर्थिक आर्जनमा जोड दिनुभयो। सोही कार्यक्रम पश्चात युएनडीपी गण्डकी लुम्वीनी प्रमुख अर्यालले अनुदान प्राप्त किसानहरुलाई आर्थीक प्रणाली बारे सुचीकृत गरेका थियो । उहाले किसानहरुलाई आर्थीक सग जोडिएका प्रविधिहरुलाई पक्षाउन आग्रह गर्नुभयो ।
१४ वटै वडाका किसानहरु सहभागीता रहेको कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा क्रेट, स्प्रिङकल, सिकेचर, स्प्रेयर, पाइप, हजारी, ड्रम, थाक्रा, प्लाष्टीक, तौल मेसिन र ठेला गाडा वितरण गरिएको थियो ।
किसानको माग अनुसार कृषि सामाग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक पुजा सापकोटाले जानकारी दिनुभयो। दोस्रो वर्षमा रहेको साझेदारी कार्यक्रम २ करोड ५० लाखको लागतमा शुरु भएको थियो । अघिल्लो वर्ष अनुदान प्राप्त गरेका ५० किसानहरुलाई थप प्रोत्साहान स्वारुप कृषि सामाग्री वितरण गरिएको कार्यक्रममा बताईएको थियो ।