Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 11
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पाँच बर्षमा स्याङ्जाको लाईफ लाईन सिद्धार्थ राजमार्ग २ लेनको हुनेछ ः संघिय उम्मेदवार धनराज गुरुङ
    राजनीति

    पाँच बर्षमा स्याङ्जाको लाईफ लाईन सिद्धार्थ राजमार्ग २ लेनको हुनेछ ः संघिय उम्मेदवार धनराज गुरुङ

    Syangja SandeshBy Syangja SandeshOctober 31, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ कात्तिक । स्याङ्जा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ्ले स्याङ्जाको लाईफ लाईन सिद्धार्थ राजमार्ग भएको बताउनुभयो । उहाले सिद्धार्थ राजमार्ग बिस्तार सहितको योजना लिएर आफु उम्मेदवार बनेको बताउनुभएको छ ।


    नेपाली काँग्रेसका केन्द्रिय उपसभापति समेत रहनु भएका गुरुङ्ले वालिङ्मा आयोजित घरदैलो अभियानमा सो बताउनुभएको हो । संघिय उम्मेदवार गुरुङसंगै सो प्रदेशसभाका उम्मेदवार भोजराज अर्याल पनि संगै घरदैलो अभियानमा हुनुहुन्छ । पहिलो पटक प्रत्यक्षतर्फका उम्मेदवार बन्नु भएका उहा यसअघि २ पटकसम्म समानुपातिकतर्फका उम्मेदवार भैसक्नु भएको छ ।


    पोखरा—सुनौली जोड्ने सिद्धार्थ राजमार्ग अन्र्तगत झण्डैं ८२ किलोमीटर सडक स्याङ्जा जिल्लामा पर्दछ। साँगुरो र घुमाउरो राजमार्गका कारण यहाँ अपेक्षित बस्ती एवं उद्योग, कलकारखाना छैंनन्। ठूला उद्योग कलकारखाना जिल्लामै छैंनन्।
    जसका कारण रोजगार सहित शिक्षा लगायतका अन्य सेवाका लागि जिल्लाबासी अन्यत्र सुबिधासम्पन्न शहरमा धाउनुपर्ने वाध्यता छ। उहाले थप्नुभयोे, ‘अव मुग्लिन — नारायणघाटजस्तो राजमार्ग बनाउनुछ।’ शिक्षाका लागि उर्वर भूमि स्याङ्जा कर्मका लागि वाहिर गएपछि फर्कने बिरलै भेटिन्छन् यहाँ।


    उम्मेदवार गुरुङले पाँच वर्षभित्रमा सिद्धार्थ राजमार्गका दायाँबायाँ रहेका बस्तीलाई सुरक्षित एवं उपयुक्ततरिकाले ब्यवस्थापनगरी राजमार्गलाई डबल लेनको बाटो बनाएर देखाउने प्रतिवद्धता समेत जनाउनुभयो । ‘मैले सिद्धार्थ राजमार्ग बिस्तारका लागि राष्ट्रिय योजना आयोगमा कुरा गर्दा उहाँहरुले डबल लेन बनाउन सकिने सल्लाह दिनुभयो।’ उहाले भन्नुभयो, ‘अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढिसकेको छ।’


    वालिङ र चापाकोट नगरपालिकालाई नमूना सहरको बनाउने बताउनुभयो । आँधीखोले सभ्यता र कालीगण्डकीकोे सभ्यता मिल्दाजुल्दा रहेकाले वालिङ् र चापाकोट नमूना शहर बनाउन सकिनेमा उनले जोड दिनुभयो । उहाका अनुसार, ‘दुबै शहरलाई नमूना शहरको रुपमा रुपान्तरण गर्दै हाम्रा सभ्यतालाई पर्यटन मार्फत अन्र्तराष्ट्रियकरण गर्न सकिनेछ।’


    वालिङमा उच्चतम प्रविधि सहितको सुविधायुक्त अस्पताल, आँधीखोला हाइड्याम लुम्बिनी प्रदेशसंगै सहकार्य गर्दै रानीमहल – आलमदेवी – सेतीवेनी – गह्रौँसुर हुँदै छाँयाक्षेत्र हुदैं पोखराबाट मुक्तिनाथ पुरयाउने धार्मिक पर्यटनको ट्याक सहितका दिर्घकालिन एवं अल्पकालिन योजना सुनाउनुभयो ।


    गुरुङ्संगै रहेका प्रदेशसभा १ का उम्मेदवार भोजराज अर्यालले भ्रष्ट प्रबृत्ति र आचरणको अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, रोजगार र आवश्कता अनुुरुपका विकास निर्माण गर्ने बताउनुभयो । दुबै उम्मेदवारसंगै समानुपातिकतर्फका सरस्वती अर्याल, कल्पना तिवारी लगायत कांग्रेसका नेताहरु पनि संगसंगै चुनावी अभियानमा हिड्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.