स्याङ्जा, ८ असोज । स्याङ्जामा पत्रकार आचारसंहिता अन्र्तक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको आयोजना तथा पत्रकार महासंघ स्याङ्जाको व्यवस्थापनमा अन्र्तक्रिया गरिएको हो ।
अन्तक्रियामा सहभागि पत्रकारहरुले पत्रकारिता जगतलाई थप पारदर्शि र स्वच्छ बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले आचारसंहिताको पालनाका विषयमा थप छलफल आवश्यक रहेको भन्दै पत्रकारहरु आफ्नो सरोकारको विषयमा चनाखो भएर अगाडि बढ्नु जरुरी रहेको बताउनुभयो । साथै विष्टले पत्रकारहरु संयम आचारसंहिताको विषयमा जानकार रहेकाले यसलाई पुर्नताजगी गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको भन्दै संहितालाई नैतिक रुपमा पालना गर्न सकिएमा पत्रकारिताको गरिमा उच्च रहने बताउनुभयो । साथै विष्टले पछिल्लो कोभिड पछाडिको समयमा त झनै पत्रकारितामा थप विकृति देखिएको भन्दै स्वच्छ पत्रकारिता गर्न सकिएन भने स्वंयम आफ्ैलाई बदनाम गर्ने बताउनुभयो । महासंघको नवनिर्वाचित टिम थप क्रियाशिल रहोस भन्दै केन्द्रबाट गर्ने आवश्यक पहल, सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रका शर्मा स्याङ्जाको पत्रकारितालाई थप ओजिलो बनाउनुपर्ने भन्दै पत्रकारले राजनिति गर्न सकिने तर पत्रकारितामा भने राजनितिक गन्ध आउन नहुँने बताउनुभयो । साथै उहाँले पुर्व पत्रकारहरु समेत मन्त्रीहरु भईसकेको उदाहरण दिनुहुँदै व्यक्तिको विचार आस्था जोसंग मिलेतापनि पत्रकारिता आफ्नो पेशामा राजनितिलाई जोड्न नहुँने बताउनुभयो ।
कार्यक्रम संयोजक हिरण्य जोशीले मुलुकका केही जिल्लामा आचार संहिता समबन्धी कार्यक्रम लिएर हिडेको जानकारी गराउदै पत्रकारका पेशा र भौतिक सुरक्षाका लागि आचार संहिताको पूर्णपालना गर्नु पर्ने जनाउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सहसचिव तोलाकान्त बगालेले संचालन गर्नुभएको थियो ।