Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » न्यायधीश, अधिवक्ता र मेलमिलापकर्ताबीच स्याङ्जामा अन्तरक्रिया
    पुतलीबजार नगरपालिका

    न्यायधीश, अधिवक्ता र मेलमिलापकर्ताबीच स्याङ्जामा अन्तरक्रिया

    स्याङ्जा जिल्ला अदालतका मेलमिलापकर्ता र न्यायधीशबीच अनुभव आदानप्रदान सहित अन्र्तक्रिया भएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ असार । स्याङ्जा जिल्ला अदालतका मेलमिलापकर्ता र न्यायधीशबीच अनुभव आदानप्रदान सहित अन्र्तक्रिया भएको छ ।

    उच्च अदालत पोखराका न्यायधीश एवं प्रवक्ता मिलकुमार राई, स्याङजा जिल्ला न्यायधीश बाबुदेव पौडेल र स्याङ्जा जिल्ला अदालतमा सूचिकृत मेलमिलापकर्ताबीच शुक्रवार दिउसो अदालत सभाकक्षमा अनुभव आदान प्रदान सहित आवश्यक राय सुझाव दिइएको हो ।

    जिल्लामा मेलमिलाप गर्दा इजलासबाट पठाइएका मुद्धाका आइपरेका कठिनाई र समस्या समाधान सहित जिल्लामा सम्पादित काम कारवाहीका बारेमा अनुभव लिने उदेश्यले कार्यक्रम आयोजना गरिएको न्यायधीश राईले जानकारी दिनुभयो । हरेक अदालतले मेलमिलाप पक्ष राख्ने ब्यवस्था भएको बताउदै सबै जिल्लामा पुग्ने क्रममा गण्डकी प्रदेश अन्र्तगतका अन्य जिल्लामा भन्दा स्याङ्जाले सबैभन्दा धेरै मेलमिलापबाट मुद्धा मिलाउने काम गरेको जानकारी गराउनुभयो ।

    तेस्रो पञ्चबर्षिय योजनादेखि नै सर्वोच्च अदालतले मेलमिलाप सम्बन्धी काम गर्दे आएको र मेलमिलाप मार्फत गरिएका कामकारवाहीले सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

    सोही कार्यक्रममा जिल्ला न्यायधीश बासुदेव पौडेलले जिल्ला अदालत स्याङ्जाले मेलमिलापलाई प्राथमिकता दिई काम गर्दै आएको जानकारी गराउनुभयो । यदी पक्षले मेलमिलापको चाहना गरेमा म्याद थपका समेत सुबिधा उपलब्ध गराएको उहाले भन्नुभयो ।
    श्रेस्तेदार भूमिप्रसाद शर्माले स्याङ्जा अदालत र मेलमिलापका बारेमा जानकारी गराउनुभयो ।

    अधिवक्ता एवं मेलमिलापकर्ताहरुले मेलमिलापका क्रममा भएका काम कारवाहीका बारेमा अनुभव एवं सुझाव दिनुभएको छ । वार एशोसियसन स्याङ्जाका अध्यक्ष चन्द्रबहादुर केसी, पूर्वअध्यक्ष तुलसी गिरी र युगनारायण श्रेष्ठ, सचिव प्रकाश अर्याल, अधिवक्ताहरु क्रमशः रामेश्वर रेग्मी, दिवाकर गौतम, संगीता एनसी, विश्वराज मरासीनी, दिर्घनारायण शर्मा, नारायण तिवारी लगायतले मेलमिलापका समयमा तेस्रो पक्षले मिल्न नदिने गरेको, सरक्षाको ब्यवस्था, कार्यान्वयनमा कठिनाई, पक्षबीचमै बुझाईमा फरक, केही कानून ब्यवसायीका चाहना अनुरुप मेलमिलापमा आउन नचाहने, कानून ब्यवसायीका कारण आधाजसो मुद्धा मिलाउन कठिनाई हुने गरेका जस्ता अनुभवका बारेमा जानकारी गराउनु भएको थियो ।

    गुनासा एवं अनुभव सुनेपछि न्यायधीश राईले नेपाली मौलिकपन, संस्कार संस्कृतिलाई मनन् गरेर कानूनी पक्षलाई आधार मान्दै दुबै पक्षहरुबीचका समस्या पहिचानगरी वार्तामार्फत समाधानतर्फ जुटेमा समस्या नहुने बताउनुभयो । आयातित कार्यका नक्कल गर्दा मेलमिलापकार्य परिणाममुखी बन्न नसकेको जनाउदै न्यायधीश सहितको मेलमिलापले अपनत्व ग्रहण गर्ने उहाको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.