स्याङ्जा २ पुस । नेपाल पत्रकार महासंघ स्याङ्जाको १३ औँ साधारणसभा वालिङमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्दघाटन गर्नुहुँदै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटिले निष्पक्ष पत्रकारितामा जोड दिनुभयो । राज्यको चौँथो अंग पत्रकारिता जगतले समाजलाई सहि मार्गनिर्देश गर्नुपर्ने बताउदै व्यक्तिगत चरित्रमाथि आँच आउने किसिमका सामाग्रीहरु प्रसारण तथा प्रकाशन गर्न नहुँने बताउनुभयो ।
महासंघको भवन निर्माण तथा अन्य विकासका लागी समन्वयले सबै तहसंग समन्वय गरेर अगाडि बढ्ने समेत समन्वय प्रमुख जिटिले बताउनुभयो । पत्रकारहरुको कलमको महत्व धेरै रहेको भन्दै हजारौँ भौतिक अस्त्रभन्दा एउटा कलमको शक्ति बढि हुने जनाउनुभयोे ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले पत्रकार महासंघलाई साझा घरको रुपमा विकास गरी व्यवसायिक पत्रकारितामा लाग्न पालिकाले सहयोग गर्ने बताउनुभयो । गाउँपालिका महासंघका केन्द्रिय महासचिव समेत रहनुभएका थापाले इतिहासबाट शिक्षा लिएर योजना बनाउनुपर्ने भन्दै हरेक हिसाबले अब्बल स्याङ्जा पत्रकारितामा समेत नमुना बन्नुपर्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजिव बस्नेत, नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, माओवादी जिल्ला संयोजक प्रकाश न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोईराला, प्रेस चौतारी स्याङ्जाका उपाध्यक्ष मणिप्रसाद अर्याल, रेडियो आँधीखोला एफएमका अध्यक्ष नेत्रप्रसाद पाण्डे लगायतले बोल्नुभएको थियो ।
पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सचिव प्रतिक्षा काफ्लेले संचालन गर्नुभएको थियो ।
साधारणसभामा नया सदस्यता शिफारिस, महासंघको भवन, आर्थिक संकलन लगायत सहित बिबिध बिषयमा छलफल एवं निर्णय भएका छन् ।