स्याङ्जा, २० असोज । चाडवाड नजिकिएसगै ग्रामिण सडकहरु मर्मत गर्न माग गर्दिै गाउपालिकाको ध्यानाकर्षण गरिएकोे छ ।
नेपाली काँग्रेसले दशैतिहार मनाउन गाँउ फर्केने नागरिकलाई यात्रामा सहज बनाउन माग गर्दै स्थानीय पालिकाहरुलाई अनुरोध गरेको हो । बर्षातले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध देखि जिर्ण अबस्थामा पुगेकाले सडकलाई सहज बनाउन काँग्रेसले स्थानीय सरकारलाई आग्रह गरेको हो ।
बिरुवा गाँउपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै चाडवाडमा नागरिकलाई सहजपुर्ण रुपमा यात्रा गर्ने बातावरण मिलाउन आग्रह गर्नुभएको छ । बिरुवा सभापति डोलराज पोख्रेलले प्रेस बिज्ञप्ती जारी गरि ग्रामिण सडकहरुमा सवारी आवागमनमा कठिनाई देखिएकाले अविलम्व छिटो सडक मर्मत गरी सहजता प्रदान गर्न विज्ञप्ती मार्फत आग्रह गर्नुभएको हो ।
दशैतिहारमा गाँउ फर्कर्ने मानिसको चाप बढ्छ । अधिकांश सडक खाल्डाखुल्डी भएकाले हिडडुल गर्न समेत अफ्ठयारो परेकोले तत्काल सडक मर्मत गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
गाउका विकास निर्माणमा हातेमालो आफु लगायत काँग्रेस पार्टी तयार रहेको पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती मार्फत सबै पालिकावासीलाई संस्कृति र संस्कारको जर्गेन ागर्ने पर्वलाई हर्सोल्लास रुपमा मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरिएको छ ।
ज्ञापानपत्र बुझदेै बिरुवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलप्रसाद सुवेदीले यसतर्फ पालिका सकारात्मक भएको बताउनुभयो ।