काठमाण्डौं, १८ भदौ । शुक्रवार (आज) देखी नेपाली कांग्रेसको वडा अधिवेशन सुरू भएको छ ।
करिब ६० जिल्लामा वडा अधिवेशन हुने भएको छ । भदौ १८ गते नै देशैभरका सबै वडामा अधिवेशन गर्ने भने पनि केही जिल्लामा क्रियाशिल सदस्यता सम्बन्धी मापदण्ड पुरा नभएकाले ती जिल्लामा वडा अधिवेशन पछाडि धकेलिने भएको छ ।
वडा अधिवेशनका लागि मतदाता क्रियाशील सदस्य हुन । वडा अधिवेशनबाट वडामा सभापति सहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित गर्नेछ । आजै स्याङ्जाका ९७ वडामा निर्वाचनका लागि तयारी पुरा भएको नेपाली कांग्रेस स्याङजाका कार्यवाहक सभापति कुमार रानाले जानकारी दिनुभयो ।