काठमाडौं ९, भदौ । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ ।
हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो ।
ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ ।
यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ । माओवादी केन्द्रको स्कुल विभागको ईञ्चार्ज प्रचण्ड, संगठन विभाग प्रमुख जनार्दन र प्रवक्तामा कृष्णबहादुर महरालाई जिम्मेवारी तोकिएको छ । स्याङजा जिल्ला इन्चार्जको जिम्मेवारी भने शैलेन्द्र घिमिरेलाई दिइएको छ ।