स्याङ्जा २३ कात्तिक । स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ को १ प्रदेशसभा सदस्यमा नेकपा एकिकृत समाजवादी (नेकपा एस) तर्फका उम्मेदवार रामचन्द्र भट्टराईले आफनो उम्मेदवारी निस्क्रिय पारेको जनाउनु भएको छ ।
उम्मेदवारी दर्ताको ठिक एक महिनापछि उनले आफनो उम्मेदवारी त्रिस्क्रिय बनाएको घोषणा गर्नु भएको हो ।
नेकपा एसका केन्द्रीय अध्यक्षको निर्देशन र आफना नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको रायसुझाव बमोजिक बुधवारैदेखि आफ्नो उम्मेदवारीलाई निस्क्रिय पारेको बुधवार जारी प्रेसविज्ञप्ति मार्फत जानकारी गराइएको हो।
विज्ञप्तिमा भनिएको छ, २०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ५ दलिय बाम लोकतान्त्रिक गठबन्धन बनेको कुरा सर्वाविधितै छ।
नेकपा एसका जिल्ला अध्यक्ष समेत रहेका र प्रदेशसभा उम्मेदवार भट्टराईद्धारा हस्ताक्षरित बिज्ञप्तिमा, ‘निश्चित मूल्य, मान्यता र मापदण्डको आधारमा पाँच दलिय गठबन्धनको सिट बाँडफाँडको साझा सहमतिमा आफनो उम्म्देवारी रहेको र साझा सहमति र निर्णय विपरित नेपाली काँग्रेसबाट पनि सोही पदमा उम्मेदवारी परेकाले एक राजनैतिक एवं सामाजिक अभियन्ताको हैसियतले दुःद र अफठ्यारोमा सधैंभरी सहयोग गर्ने प्रतिवद्धता जनाउदै निस्क्रिय बनाएको उल्लेख छ।’
आसन्न निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ (क) मा अब ५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुनेभएको छ।
प्रदेशसभा सदस्यकालागि नेपाली कांग्रेसतर्फका भोजराज अर्याल, नेकपा एमालेका मोहनप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका राजु गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे र स्वतन्त्रका धन बहादुर गुरुङको उम्मेदवारी छ।