स्याङ्जा २७ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनका लागि सहभागी हुने प्रतिनिधि छनौटको काम स्याङ्जामा जारी छ । स्याङ्जाका २ निर्वाचन क्षेत्र अन्र्तगत १ मा चयन प्रक्रिया टुंगो लागिसकेको छैन भने २ को भने सहमतिका रुपमा टुंग्याइएको नेकपा एमालेले जनाएको छ ।
यसैबीच स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस हुनेमा मोहनप्रसाद रेग्मी, भूपराज अधिकारी, देवीसरा थापा, मुक्तिप्रसाद पाठक , सूर्यप्रसाद गैह्रे (पारस) खिमबहादुर थापा, किशोरबिक्रम मल्ल, उदयराज श्रेष्ठ, धनमाया विश्वकर्मा, सरस्वती भट्टराई, खगिसरा थापा र दिपक बि क रहनुभएको छ ।
क्षेत्र नम्वर २ मा खुला र महिलाका १० पदका लागि खुलामा २९ जना र महिलाबाट ९ जनाले उमेदवारी दर्ता गर्नुभएको थियो । जिल्लाभर उत्पिडित वर्गबाट ४ जना प्रतिनिधिका लागि ५ जनाको उमेदवारी दर्ता भएको छ ।
यता क्षेत्र नम्वर १ बाट महाधिवेसनमा सहभागि हुने प्रतिनिधिको भने टुंगो लाग्न बाँकी रहेको छ ।
निर्वाचन समितिका अनुसार स्याङ्जा क्षेत्र नं. १ बाट खुलामा ३७ र महिलाबाट ९ जनाले राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि उमेदवारी दर्ता गराएका छन् । खुलाबाट ७ महिलाबाट ३ जना र उत्पीडिततर्फ २ निर्वाचित गर्नुपर्नेहुन्छ ।