Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा एमालेको पहिलो विधान महाधिवेशन सम्पन्न
    राजनीति

    नेकपा एमालेको पहिलो विधान महाधिवेशन सम्पन्न

    Syangja SandeshBy Syangja SandeshOctober 3, 2021No Comments7 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं १७ असोज । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।

    ३ दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।

    राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गर्नुभएको थियो । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पारित गरेको हो ।

    यसअघि बोल्दै अध्यक्ष ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभयो ।

    अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताउनु भयो । एमालेको सरकारउहाँले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गा¥हो हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गर्नुभयो ।

    यसैबीच, एमालेमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

    यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । यसबाट वर्तमान अध्यक्ष ओली यदि मंसिरमा फेरि अध्यक्ष बनेका खण्डमा उहाँले पूर्ण कार्यकाल काम गर्न पाउनु हुनेछ । उहाँ फागुनमा ७० वर्ष पुग्दै हुनुहुन्छ ।

    विधान महाधिवेशन का समसामयिक प्रस्तावहरु

    १. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणको आन्दोलन र क्रान्तिमा सङ्लग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नु हुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आदर्शलाई निरन्तर अनुशरण गरिरहने सङ्कल्प गर्दछ ।

    २. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका साथै पार्टीका पूर्व महासचिव तुलसीलाल अमात्य र नेपालको वाम–लोकतान्त्रिक आन्दोलन एवं महिला मुक्ति अभियानकी अग्रणी व्यक्तित्व सहाना प्रधान लगायत आन्दोलनका अग्रज कमरेडहरुप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

    नवौं महाधिवेशन यता दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेडहरु रामनाथ ढकाल, महिम सुब्बा लिम्बु, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागाईं र योगनारायण यादव तथा पार्टीका पूर्व स्थायी कमिटी सदस्य, लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारी, केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्ना एवं केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य जागृत भेटवाल, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य माणिकलाल गौतम, वीरबहादुर सिंह, कमला सुवेदी, वीरबहादुर लामा, लोकप्रिय जनकलाकार जेबी टुहुरे लगायत यसबीचमा दिवंगत हुनुहुने कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

    ३. यो महाधिवेशन अनेकौं प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरुलाई अन्त्य गर्ने, संविधान र सङ्घीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधार लगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनु परे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने सङ्कल्प गर्दछ ।

    ४. यो महाधिवेशन नेकपा (एमाले) लाई विभाजन गरी छाड्ने दूषित मनशायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्या र संवैधानिक अङ्गहरुका कतिपय मर्यादाबाहिरका काम र निर्णयका समेतका आधारमा नेकपा (एमाले) लाई विभाजन गराइएको घटनाप्रति क्षोभ प्रकट गर्दछ । भ्रमवस विभाजनको पक्षमा लागेका पार्टी कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले) लाई सुदृढ गर्ने र एकताबद्ध एमालेका नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन हार्दिक अपिल गर्दछ ।

    ५. यो महाधिवेशन वर्तमान गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेर लाखौं सुकुम्बासी भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकहरुका अधिकार र अपेक्षामाथि घात गरेकोमा निन्दा गर्दै संविधानले व्यवस्था गरेको आवासको हक, भूमिहीन दलितहरुको जमिनको हक लगायत अधिकारको प्रत्याभूतिका लागि निरन्तर सङ्घर्षरत रहने सङ्कल्प गर्दछ ।

    ६. यो महाधिवेशन २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीहरुद्वारा तुइन चुँडाइएर दार्चुलाका जयसिंह धामी बेपत्ता पारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस क्रममा सरकारले देखाएको लाचारीप्रति खेद व्यक्त गर्दछ । अविलम्ब दोषीमाथि कार्बाही सुनिश्चित गर्न र पीडित परिवारलाई न्याय एवं राहत प्रदान गर्न माग गर्दछ ।

    ७. हालै गठबन्धन सरकारले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी प्रतिस्थापन विधेयक मार्फत् आयकर ऐन, २०५८ मा संशोधन गरी ल्याएको प्रावधानभित्र सत्तास्वार्थका लागि अवैध स्रोतलाई चोख्याउने दुराशय निहित रहेको छ । यो महाधिवेशन यस्तो प्रावधानले नेपाल पक्ष रहेका सुशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धी र प्रतिबद्धताको उल्लङ्घन हुने, विश्व समुदायमाझ नेपालको विश्वसनीयतामाथि आँच पुग्ने एवं नेपालले अनपेक्षित समस्याहरुको सामना गर्नु पर्ने संभावना रहेकोप्रति गहिरो चासो व्यक्त गर्दछ । यस्तो गलत निर्णयलाई तत्काल सच्याउन माग गर्दछ ।

    ८. वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले ल्याएका धेरै विकास निर्माणका परियोजना, जनताको हितसँग जोडिएका निर्णय एवं नियुक्तिहरुलाई उल्ट्याउँदै आफ्नो विकास विरोधी चेहरालाई उद्घाटित गरेको छ । यो महाधिवेशन सरकारको विकास विरोधी यस्ता निर्णय र कदमहरुप्रति गंभीर आपत्ति प्रकट गर्दछ ।

    ९. वर्तमान सत्ता गठबन्धनका कतिपय नेताहरुबाट व्यक्त नेकपा (एमाले) माथि आक्रमण गर्न दुरुत्साहित गर्ने खालका अभिव्यक्तिहरुप्रति महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । महाधिवेशन सत्ता सञ्चालकहरुका यस्ता अभिव्यक्तिहरु अलोकतान्त्रिक, आपत्तिजनक र निन्दनीय रहेको यो महाधिवेशन ठहर गर्दछ ।

    १०. वर्तमान सरकारले गरेका कतिपय निर्णयहरुले दुई छिमेकीसँग सन्तुलित र विश्वासिलो सम्बन्ध राख्नु पर्ने राष्ट्रिय आवश्यकता र परराष्ट्र नीतिको मर्ममाथि आँच पु¥याएको ठहर गर्दै यो महाधिवेशन नेपालले छिमेकी लगायत सबै मित्र राष्ट्रहरुसँग नेपालको राष्ट्रिय हितमाथि आधारित स्वतन्त्र परराष्ट्र नीतिमा आधारित सन्तुलित, परिपक्व र विश्वासिलो सम्बन्ध राख्नु पर्ने आवश्यकतामा जोड दिन्छ ।

    ११. नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भूभागमा रहेको वाहय अतिक्रणलाई समाप्त गरी ती भूभागमा नेपालको हकभोग कायम गर्नको लागि गम्भीर कूटनीतिक पहल र वार्ता गर्न यो महाधिवेशन नेपाल सरकारसँग माग गर्दछ ।

    १२. यो महाधिवेशन आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरुमा पार्टीको विजय सु निश्चित गर्न र यसका लागि आवश्यक सङ्गठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरुलाई आह्वान गर्दछ ।

    १३. कोभिड महामारी आज विश्वकै चुनौतीमा रुपमा देखा परेको छ । नेपाललाई पनि यसले नराम्रो गरी प्रभावित गरेको छ । कोभिड महामारीको नियन्त्रणका लागि पूर्ववर्ती सरकारले गरेका खोप लगायत प्रबन्धहरुका कारण कोभिड क्रमशः नियन्त्रणमा आइरहेको यथार्थ हाम्रा सामु छ । यस सम्बन्धमा प्रदेश र स्थानीय सरकारहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ । अग्रपङ्क्तिमा रहेर कोभिड विरुद्धको लडाईँको नेतृत्व गर्नु हुने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, एम्बुलेन्स चालकहरु, सफाइकर्मी र शव व्यवस्थापनमा सङ्लग्नहरुको योगदानको उच्च प्रशंसा गर्दै यो महाधिवेशन अझै पनि महामारीको जोखिम कायमै रहेको कुरालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालनाका लागि सबैसँग आग्रह गर्दछ ।

    १४. यो महाधिवेशन विभिन्न रुपमा जारी रहेका महिला विरुद्धका हिंसाका घटनाप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्दै यस खालका अपराधका विरुद्ध आवश्यक जागरण, सजगता र दबाबका लागि भूमिका खेल्न पार्टी पङ्क्तिलाई आह्वान गर्दछ । यस्ता अपराधमा सङ्लग्नहरुलाई कडा कानुनी कार्बाहीको माग गर्दछ ।

    १५. यो महाधिवेशन नजिक आइरहेका सांस्कृतिक पर्वहरु– बडा दशैं, तिहार, नेपाल सम्बत् ११४२ तथा छठ लगायतको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुस्वास्थ्य, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ ।

    १६. यस महाधिवेशनलाई भव्य रुपमा सफल पार्न पुर्‍याउनु भएको योगदानका लागि ललितपुर जिल्ला कमिटी र मातहत कमिटीहरु, जिल्लाका जनप्रतिनिधिहरु, गोदावरी नगरपालिका, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकर्मी, प्राविधिक मित्रहरु, भान्सा र आवासमा सहयोग पु¥याउने साथीहरु, सवारी चालकहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछ । महाधिवेशनको सुव्यवस्थाका लागि अहोरात्र खट्ने स्वयंसेवकहरुको उच्च प्रशंसा गर्दछ ।

    अन्त्यमा, पार्टीको ऐतिहासिक प्रथम विधान महाधिवेशन शानदार रुपमा सम्पन्न भएको जानकारीका साथ पार्टी अध्यक्ष ओलीले आगामी १० औं महाधिवेशन लुम्बीनी प्रदेशको बुटवलमा हुने जानकारी दिदै महाधिवेशनका प्रतिनिधिहरु, स्वयंसेवकहरु, सञ्चारकर्मीहरु लगायत सबैमा धन्यवादसहित विधान महाधिवेशनका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न भएको र महाधिवेशन समापन भएको घोषणा गर्नुभयो ।

    योगेश भट्टराई
    प्रमुख, केन्द्रीय प्रचार विभाग

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    January 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.