काठमाण्डौ २० पुस । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्ग्याएको छ । हिजो दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम छनोट गरेको हो ।
प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।उम्मेदवारको मनोनयन आज हुदैछ।