Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निजामति सेवामा स्याङ्जाकै वर्चश्व
    समाचार

    निजामति सेवामा स्याङ्जाकै वर्चश्व

    Bhawani AdhikariBy Bhawani AdhikariFebruary 8, 2022Updated:February 13, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भवानी अधिकारी
    स्याङ्जा, २५ माघ । निजामति सेवामा स्याङ्जाको वर्चश्व कायमै छ। लोकसेवा आयोगद्धारा प्रकाशित शाखा अधिकृतको पछिल्लो परीक्षाफल अनुसार ४ सय ८५ जनामा ३४ जनाको नाम सिफारिस भएको छ।


    यो संख्या मुलुकमै स्याङ्जा पहिलो हो। दोश्रो स्थानमा गुल्मी, तेस्रोमा अर्घांखाची र चौथो स्थानमा झापाका छन्। गुल्मीका २७, अर्घाखाँचीका १८ र झापाका १२ जनाले शाखा अधिकृत पदमा नाम निकाल्न सफल भएका हुन।


    स्याङ्जामा ठूला औधोगिक प्रतिष्ठान, कलकारखाना छैंनन्। रोजगारीको प्रमुख स्रोत निजामति, प्रहरी तथा जंगी र वैदेशिक रोजगारी हुन। पूर्ण साक्षर घोषित स्याङ्जाका युवायुवतिमा लोकसेवाप्रति आकर्षण बढ्दो छ।
    स्थायी सरकार मानिने निजामति प्रशासनमा स्याङ्जाबाटै निजामति सेवाको प्रमुख पद मुख्य सचिवमा लोकदर्शन रेग्मी पुग्नुभयो । अघिल्लो बर्ष मात्र उहा निबृत्त हुनुभयो ।


    गृह, रक्षा, अर्थ, परराष्ट्र, संचार, यातायात, भौतिक पूर्वाधार जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएर कार्यरत तथा सेवा निवृत्त भएका धेरै संख्यामा छन। उनीहरु स्याङ्जाको माटोमा जन्मी हुर्कि यही शिक्षा आर्जन गरेका हुन।
    विस २०७०÷०७१ मा स्याङ्जाका ६ जनाले ६ वटा मन्त्रालयलाई कुशलतापूर्वक सम्हालेर उदाहरणीय काम गरेका छन्। महेन्द्रमान गुरुङ, इश्वरीप्रसाद पौडेल, लोकदर्शन रेग्मी, मधु रेग्मी, आनन्द ढकाल र रेश्मीराज पाण्डेय छन्।


    अहिले पनि बहालवाला सचिवमा मधु मरासीनी (अर्थ), भरतराज पौडेल (परराष्ट्र), एकनारायण अर्याल (श्रम), टेकनारायण पाण्डे (गृह) लगायतले स्याङ्जाको वर्चश्व कायम राख्न सफल छन्।
    सचिवबाट सेवानिवृत्तपछि पनि महेन्द्रमान गुरुङ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त, मधु रेग्मी शिक्षा सेवा आयोगका अध्यक्ष, इश्वरीप्रसाद पौडेल निर्वाचन आयोगका आयुक्त, आनन्दराज ढकाल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक भै कार्यरत छन्।


    पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भन्नुहन्छ ‘योग्यता प्रणालीमा अब्बल साबित भएर सरकारी सेवा गर्न दुढ नयाँपुस्ताका प्रतिभावान ब्यक्तिहरु लोकसेवा आयोगको विश्वसनीय र निष्पक्ष छनौट प्रणालीप्रति बिश्वस्त भएका कारणले लोकसेवाप्रतिको आकर्षण बढेको हो।’
    रेग्मी गृह, अर्थ, भूमिसुधार मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर निजामति सेवाको प्रमुख पद मुख्य सचिवबाट अवकाशप्राप्त संयुक्त अधिराज्यका पूर्व राजदूत समेत हो।


    लोकसेवाका लागि अध्ययन पुगेपछि नाम निकाल्न सकिने र नतिजा प्रकाशनमा निष्पक्ष हुने भएकाले यहाँका युवाहरुले निजामति सेवा रोज्ने गरेको बताउनुहुन्छ लोकसेवा आयोगका पूर्व सचिव आनन्दराज ढकाल।
    ‘स्याङ्जामा यातायात र शिक्षाको सुबिधा भएकाले निजामति सेवामा प्रवेशमा सहज बनेको हो।’ उहाले थप्नुभयोे, ‘अग्रजले देखाएको मार्ग पछ्याउदै निजामतिमा लाग्नेको क्रम बढ्दो छ।’ अफिसर तहमा मात्र नभई ननअफिसरमा पनि स्याङ्जाली युवायुवतीको उपस्थिती उल्लेख्य छ।


    हालसम्म २ दर्जन बढी स्याङ्जाली राष्ट्रसेवक निजामति सेवाको बिशिष्ठ श्रेणीमा पुगेर सेवा निबृत्त जीवन ब्यतित गरिरहेका छन्। सरदार भीमबहादुर पाण्डेको गृहजिल्ला स्याङजाले पछिल्लो पुस्ताका युवायुवतीलाई निजामित सेवामा लाग्न प्रेरित गरेको छ।


    निजामति सेवामा मात्र होइन स्याङजाली भीरकोटे राजा तारकबहादुर शाहका छोरा ऋषिकेश शाह जस्ता राष्ट्रिय तथा अन्र्तरािष्ट्रय स्तरमा ख्याती कमाएका कुटनीतिज्ञ पनि स्याङजाका अमूल्य निधी ।हो । परराष्ट्र सेवाका दर्जन सहसचिवले विदेश प्रमुख र राजतूतको महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नु भएको छ ।


    परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेका सचिव भरतराज पौडेलको विदेश स्थित नियोग र दूतावाससंगको समन्वयले नेपालको कुटनितिक क्षेत्रमा समेत राम्रो प्रभाव पारेको छ।
    सबै छिमेकी र शक्तिराष्ट्रसंगको सन्तुलित कुटनीतिक सम्बन्ध कायम राख्न पनि स्याङ्जाली कुटनीतिज्ञहरुले महत्वपूर्ण भुमिका निर्वाह गरेर उदाहरणीय कार्यक्षमताको प्रर्दशन गरेका छन्।
    यहाँका युवायुवतीको लगाव नै निजममित सेवामा बढी देखिन्छ। पहिले एसएलसी अहिले एसईई परीक्षा दिएपछि नै लोक सेवा आयोगको तयारीमा जुट्ने भन्नुहुन्छ स्याङ्जाली युवा एवं लेखाअधिकृत जयराम पौडेल। उहाले भन्नुभयोे, ‘यहाँका अध्ययनशिन युवाहरुको पहिलो रोजाई निजामति सेवा हो।’


    हालसालै प्रकाशित शाखा अधिकृत परिक्षामा उत्र्तीण स्याङ्जाका युवायुवतीमा रमाकान्त पौडेल, राजु काफले, शोभाकान्त पंगेनी, टेकराज पाण्डे, हेमप्रसाद ढकाल, हेमशर्मा चापागाई, बिष्णुप्रसाद सुवेदी, सरोज खनाल, हेमराज काफले, न्यूटन लम्साल, नविन रेग्मी, सुवोधबाबु पौडेल, नविन लामिछाने, कृष्णप्रसाद पौडेल, धु्रवराज भट्टराई, अनन्तराज न्यौपाने, श्यामशरण गैह्रे, रेशम भण्डारी, राजेन्द्र अर्याल, मदन भण्डारी, बसन्तप्रसाद श्रेठ रहेका छन्।


    यसैगरी, सपना पौडेल, शोभा पाण्डे, प्रतिमा न्यौपाने, रविना पाण्डे, मुना कुँवर, सृजना सुवेदी, रुका भट्टराई, राधिका गौतम, रोजी साप्कोटा, कुसुम ढकाल, अन्जना शर्मा, गंगा पौडेल, शुशिला शर्मा ढकाल हुन। चौतिस् जना मध्ये १३ जना युवती छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.