Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवीन र पार्वती बने वर्ष उत्कृष्ट खेलाडी
    खेलकुद

    नवीन र पार्वती बने वर्ष उत्कृष्ट खेलाडी

    Syangja SandeshBy Syangja SandeshJuly 3, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा, १९ असार । पोखरामा सम्पन्न ‘पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड’मा पुरुषतर्र्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित हुनुभएको छ ।

    नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा पर्नुभएका फुटबलका सुमन अर्याल र टेबलटेनिसका विनेश खनियाँलाई पछि पार्दै रसाइली पुरुषतर्फको विधामा उत्कृष्ट बन्न सफल हुनुभएको समारोहमा घोषणा गरिएको थियो । रसाइलीले उपाधिसहित रु दुई लाख र ट्रफी प्राप्त गर्नुभयो । उहाँले १३ औँ सागमा स्वर्ण पदक जित्नुभएको थियो ।

    यसैगरी महिलातर्फ तेक्वान्दोका गुरुङले साइक्लिङका जमुना थापा र तेक्वान्दोका प्रशंसा क्षेत्रीलाई पछि पारी उत्कृष्ट घोषित हुँदै रु दुई लाख र ट्रफी प्राप्त गर्नुभयो । गुरुङ नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । उहाँले पनि १३ औँ सागमा स्वर्ण पदक हात पार्नुभएको थियो ।

    वर्ष उदीयमान खेलाडीको अवार्ड पौडी खेलका दुवाना लामाले जित्न सफल हुनुभयो । मनोनयनमा पर्नुभएका लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै दुवानाले अवार्ड हात पार्न सफल हुनुभएको हो । लामाले १३ औँ सागमा छ काश्य पदक जित्न सफल हुनुभएको थियो ।

    यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड बक्सिङका सुरेश मल्ल ठकुरीले हात पार्न सफल हुनुभयो । उहाँले पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठलाई उछिन्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल हुनुभएको हो । मल्लको प्रशिक्षणमा नेपालले सागमा तीन स्वर्णसहित १० पदक जितेको थियो ।

    वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड कास्की जिल्ला आर्चरी सङ्घले प्राप्त गरेको छ । यसैगरी वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्ड, २०७६ बाट सन्देश श्रेष्ठ र विसं २०७७ बाट केशव पाठक पुरस्कृत हुनुभयो । हरेक विधामा उत्कृष्ट खेलाडी, खेल सङ्घ र खेलपत्रकारलाई जनही रु ३५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो ।

    पूर्वफुटबल खेलाडी एवं जिल्ला फुटबल सङ्घका पूर्वअध्यक्ष आनन्द रञ्जित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभयो । उहाँलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाबाट सम्मान गरिएको थियो ।

    अवार्ड विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुुरुङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, मञ्चका अध्यक्ष एकराज गिरीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा मुख्यमन्त्री नेपालीले खेलकूद क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको बताउँदै उहाँले खेलकूद पूर्वाधार निर्माणलाई सरकारले बजेट कार्यक्रममा समावेश गरेको जानकारी दिनुभयो ।
    मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ ९वर्ष २०७६० र पोखरा स्पोर्टस् डटकमका केशव पाठक ९वर्ष २०७७० सम्मानित भए । उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।

    अघिल्लो वर्षसमेत कोरोनाका कारण सञ्चालन हुन नसकेको अवार्ड यसवर्ष विसं २०७६र७७ दुई वर्षलाई जोडेर संयुक्तरूपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी वितरण गरिएको मञ्चले जनाएको छ । खेलाडीको दुई वर्षको प्रदर्शनलाई आधार मानेर मनोनयन सार्वजनिक गरिएको र उत्कृष्ट खेलाडी छनोट गरिएको मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.