स्याङ्जा १४ मंसिर । नवआगन्तुक स्याङ्जा जिल्लाका प्रहरी प्रमुख र पत्रकारबीच मंगलबार भेटघाट कार्यक्रम भएको छ।
पाँच दिनअघि हाजिर भएका राजिवबहादुर बस्नेत र जिल्लामा क्रियाशिल पत्रकारबीच छलफल एवं परिचयात्मक कार्यक्रम भएको हो।
समग्र जिल्लाको शान्ति सुरक्षामा पत्रकार र प्रहरीबीचको समन्वयकारी भुमिकाको आवश्यक रहने बताउदै प्रहरी उपरीक्षक बस्नेतले ऐन कानूनको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो । जिल्लामा शान्ति सुब्यवस्था र मानवअधिकारको रक्षार्थ आफु सदैव क्रियाशिल रहेको र आगामी दिनमा समेत निरन्तरता दिईने उहाको भनाई छ।
यसअघिका प्रहरी उपरीक्षक होविन्द्र वोगटीको केन्द्रीय कानून महाशाखामा सरुवा भएपछि बस्नेत कास्कीबाट यहाँ सरुवा भई आउनुभएको हो ।
कार्यक्रममा पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, उपाध्यक्ष भवानी अधिकारी, कोषाध्यक्ष रमेश गोदार, सदस्य शालिकराम पोख्रेलल लगायतले समग्र जिल्लाका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
Wednesday, May 21
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न