स्याङ्जा १४ मंसिर । नवआगन्तुक स्याङ्जा जिल्लाका प्रहरी प्रमुख र पत्रकारबीच मंगलबार भेटघाट कार्यक्रम भएको छ।
पाँच दिनअघि हाजिर भएका राजिवबहादुर बस्नेत र जिल्लामा क्रियाशिल पत्रकारबीच छलफल एवं परिचयात्मक कार्यक्रम भएको हो।
समग्र जिल्लाको शान्ति सुरक्षामा पत्रकार र प्रहरीबीचको समन्वयकारी भुमिकाको आवश्यक रहने बताउदै प्रहरी उपरीक्षक बस्नेतले ऐन कानूनको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो । जिल्लामा शान्ति सुब्यवस्था र मानवअधिकारको रक्षार्थ आफु सदैव क्रियाशिल रहेको र आगामी दिनमा समेत निरन्तरता दिईने उहाको भनाई छ।
यसअघिका प्रहरी उपरीक्षक होविन्द्र वोगटीको केन्द्रीय कानून महाशाखामा सरुवा भएपछि बस्नेत कास्कीबाट यहाँ सरुवा भई आउनुभएको हो ।
कार्यक्रममा पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, उपाध्यक्ष भवानी अधिकारी, कोषाध्यक्ष रमेश गोदार, सदस्य शालिकराम पोख्रेलल लगायतले समग्र जिल्लाका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
Monday, December 8
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
